निवृत्त शिक्षक समुदाय माछापुछ्रेमा जयलाल

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७९
teacher

पोखरा । निवृत्त शिक्षक समुदाय कास्कीको माछापुच्छ्रे गाउँपालिकास्तरीय भेलाले जयलाल दवाडीलाई अध्यक्ष चयन गरेको छ । उपाध्यक्ष गोविन्दप्रसाद अधिकारी, सचिव थानेश्वर लम्साल, कोषाध्यक्ष शशीधर अधिकारी चयन भए ।

सदस्यहरु गिरेन्द्र हमाल, खड्कबहादुर थापा, गोविन्दप्रसाद अधिकारी र सूर्य लम्साल छन् । २ सदस्य पछि थप गरिने बताइएको छ ।

जिल्ला अध्यक्ष छबिलाल आचार्यले हालसम्म जिल्ला र केन्द्रले भए गरेका कार्यक्रम र भावी कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रम जिल्ला सचिव शेषकान्त आचार्यले सञ्चालन गरेका थिए । शिक्षक समुदाय कास्कीमा ४ सय हाराहारीमा निवृत्त शिक्षक आबद्ध छन् ।

जिल्ला उपाध्यक्ष नरबहादुर गुरुङले निवृत्त जीवन सरल तरिकाले जिउन शिक्षक स्वयंले नै विविध कार्यक्रम गर्नुपर्ने उल्लेख गरे ।

नवनिर्वाचित अध्यक्ष जयलाल दबाडीले पालिकाभरका निवृत्त शिक्षकहरुको पहिचान गरेर छिट्टै संस्थामा आबद्ध गराउने बताए ।

नवनिर्वाचित उपाध्यक्ष गोविन्दप्रसाद अधिकारीले जिल्लाका सम्पूर्ण शिक्षकहरुको विवरण समावेश गरेर एक पुस्तक प्रकाशन गरिनुपर्ने, २०७३ सालअघि निवृत्त शिक्षकहरुले पनि छुट भएको ग्रेड पाउनुपर्ने, निजामती कर्मचारीसरह सहुलियत पाउनुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • पोखरा आदर्शमा महिला स्वास्थ्य सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एक दिवसीय जनचेतना तथा अन्तक्र्रियात्मक कार्यक्रम बुधबार सम्पन्न…
  • हिलसाइडमा रेडक्रस सर्कल र स्कुल क्याप्टेन गठन

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । हिलसाइड अंग्रेजी माविमा बुधबार नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल हिलसाइड गठन गरिएको छ । विश्व रेडक्रस दिवस…
  • जापानको सहयोगमा बुंकोटमा विद्यालय भवन निर्माण   

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    गोरखा । सहिद लखन गाउँपालिका–८ बुंकोटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । जापान सरकारको आर्थिक…
  • रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    लेखनाथ ।  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् ।…

hero news full width