पोखरा । लोकराज भट्टको उपन्यास ‘छाइल’ पोखरेली पाठकले पनि रुचाएका छन् । डोट्याली सभ्यताको प्रतिविम्व बनेको उपन्यासले लयात्मक भाषामा सुदूरपश्चिमको चित्रण गरेको उनीहरुले बताएका छन् ।
‘पुछारसिटे अभियान’ को संयोजनमा प्रकाशक ‘बुक्स हिमालय’ ले हिमालयन रिडर्स कर्नर, पोखरामा आयोजना गरेको ‘छाइल विमर्श’ कार्यक्रममा पुस्तकको समीक्षा गरियो ।
‘यति मिठो भाषामा सुदूरपश्चिमको कथा भनिएको छ कि उपन्यासले पाठकलाई तानिराख्छ’, समीक्षक सञ्जीव पौडलले भने, ‘सुदूरपश्चिमको सभ्यताको छाया हो छाइल ।’ डोट्याली भाषाको शब्द ‘छाइल’को अर्थ हुन्छ छाया । ‘छाइल’मा सुदूरपश्चिम प्रदेशको डोटेली सभ्यताका छाया र प्रतिच्छाया सलबलाएका छन् । पुर्खाको इतिहास, संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई यसले उजिल्याउने जमर्को गरेको छ ।
कार्यक्रममा समीक्षक गौरी तमूले भनिन्, ‘सुदूरपश्चिमको सभ्यता र स्वाभिमानको कथा बोकेको उपन्यास छाइलमा काव्यात्मक भाषा प्रयोग गरिएको छ । यो पठनीय कृति हो ।’ उपन्यासमा अनाम गाउँका एक युवाको सपना र संघर्षको हृदय पगाल्ने कथा छ । यसले जीतुराजको बाल्यकाल र किशोरकाल हुँदै युवाकालसम्म उपन्यासले फन्को लगाएको छ ।
कार्यक्रममा पाठकका तर्फबाट हसिना बस्नेतले भनिन्, ‘छाइलमा बाल मनोविज्ञानको मिठो चित्रण गरिएको छ ।’ बेलाबेलामा डेउडा गाउँदै सुदूरपश्चिमका सांस्कृतिक अध्येता हेमन्त विवशले रोचक ढंगले कार्यक्रम चलाएका थिए ।
कार्यक्रममा छाइलका अर्का पाठक एवं पत्रकार घनश्याम पौडेलले भने ‘यति मिठो पारामा लेखिएको उपन्यास मैले यसअघि पढेको थिइनँ ।’
कार्यक्रममा साहित्यकार सरुभक्तले आशीर्वचन प्रदान गरेका थिए । उनले समाजको वास्तविक कथा बोकेको साहित्य नै मौलिक साहित्य हुनेमा जोड दिए ।
‘छाइल’ उपन्यास जस्तै कृति भोलि अनुवाद भएमा विश्व साहित्यले नेपालको अवस्था बुझ्नेछ’ उनले भने, ‘सुदूरपश्चिम, कर्नाली र हिमाली साहित्य अझै लेखिनुपर्छ ।’ प्रकाशन संस्थाका प्रमुख पवन शाक्यका अनुसार पोखराबाट सुरु भएको पुस्तक यात्रा क्रमशः चितवन, विराटनगर, नेपालगञ्ज हुँदै धनगढीसम्म पुग्नेछ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१