लोकतान्त्रिक खेलकुदको बधाई

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७९
Democrate Sports Samman~suman

पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की जिल्ला शाखाले संघमा जनप्रतिनिधि तथा विभिन्न संघ संस्थामा निर्वाचित सदस्यलाई सम्मान तथा बधाई दिएको छ ।

सम्मानित व्यक्तिलाई संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले खादा लगाएर सम्मान गरेका हुन् । कास्कीका शाखाको आयोजनामा संघ सदस्य भई स्थानीय तहमा निर्वाचित भएका वडा अध्यक्ष इन्द्र गुरुङ र वडा सदस्य नवीन आलेलाई सम्मान तथा बधाई दिएको हो । गुरुङ कास्कीको माछापुच्छ्रे गाउँपालिका १ को अध्यक्ष र आले पोखरा महानगरपालिका ४ को वडा सदस्यमा निर्वाचित भएका हुन् ।

एन्फा कास्की अधिवेशनबाट निर्वाचित उपाध्यक्ष नरप्रसाद गुरुङ, कोषाध्यक्ष हितमान गुरुङ तथा सदस्यहरु राजेश त्रिपाठी र विकास गुरुङलाई पनि सम्मान गरेको हो । अन्नपूर्ण गाउँपालिका भलिबल्स संघका अध्यक्ष अमृत गुरुङ, करातेका विजयकुमार आले र फेन्सिङका रेखामाया गुरुङलाई पनि संघले बधाई तथा सम्मान गरेको थियो ।

कार्यक्रममा देवेन्द्रकुमार शेरचनले संघलाई अझै बलियो बनाउन पालिका र वडा तहमा पनि सञ्जाल बनाउन आग्रह गरे । संघलाई पार्टीले भातृ संगठनमको मान्यता दिइसकेकाले अझै सिर्जनशील र क्रियाशील भएर लाग्नुपर्ने उनको धारणा थियो ।

पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा प्रदेशको उपस्थितिका लागि संघर्ष गरिरहेकाले केही न केही जिम्मेवारी अवश्य पाउने भन्दै लोकतान्त्रिक खेलकुदका सदस्यहरु तयारी अवस्थामा रहन उनको आग्रह थियो । ‘हामी संघर्षकै मैदानमा छौं पक्का पनि हामीलाई केही न केही जिम्मेवारी आउँछ,’ उनले भने, ‘यसका लागि गण्डकी प्रदेश र कास्की जिल्ला तयारी अवस्थामा रहनुपर्छ ।’ प्रदेशको उपस्थिति भएपछि स्वयंसेवकका रुपमा क्रियाशील भएर राष्ट्रिय खेलकुद सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा संघका प्रदेश अध्यक्ष हरिश्वर पोखरेल, माछापुच्छ्रे १ अध्यक्ष इन्द्र गुरुङ, केन्द्रीय सदस्य वसन्त थकाली, कास्की उपाध्यक्ष मीलन गुरुङलगायतले संगठन विस्तार गर्दै मैदानमा खेल र अन्य समयमा पार्टीको हितका लागि खटिनुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width