सरकारले संघीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मंसिर ४ गते मिति घोषणा गरेको छ । सरकारको यो घोषणाका साथ देश अब चुनावको माहोलमा प्रवेश गरेको छ । राजनीतिक पार्टीहरुले केही समय पहिलेदेखि नै चुनावमा के कसरी जाने भनेर आपसी सल्लाह परामर्श गरिरहेका थिए भने अब त्यस काममा गति थपिएको छ । ठूलाबडा कहलिएका कुनै पनि पार्टी एक्लै चुनाव लड्ने मनस्थितिमा छैन । सत्तारुढ गठबन्धन गरी चुनाव लड्दा फाइदा भएको महसुस गरी अहिले पनि गठवन्धन गरी निर्वाचनमा जाने तयारी गरिरहेका छन् । प्रमुख प्रतिपक्ष एमाले बाहिर भन्दा आफूले कसैैसँग गठबन्धन नगर्ने भन्दा भन्दै पनि भित्रभित्र साना पार्टीहरुसँग तालमेल गर्ने मनस्थितिमा छ । त्यसले साना पार्टी को–को सँग तालमेल गर्र्दा फाइदा हुन्छ भनेर हिसाब गरिरहेका छन् ।
गत स्थानीय निर्वाचनमा सिट संख्याको हिसाबले सबभन्दा नोक्सान एमालेलाई भएको थियो । पहिलो त्यो पार्टी सबभन्दा ठूलोमा एक नम्बरमा थियो भने चुनाव पछि त्यो पार्टी दोस्रो नम्बरमा सीमित भएको छ । यस सम्बन्धमा बाहिर त्यसले जे जस्तो भने तापनि भित्र त्यसलाई सहनै मुस्किलको पीडा छ । त्यसले त्यो पीडा फेरि दोहो¥याउन चाहँदैन । तर को सँग कसरी मिल्ने भन्नेमा त्यो पार्टीमा विवाद छ । एमाले अध्यक्ष केपी शर्मा ओली अन्य कम्युनिस्ट पार्टीसँग सामान्यतया तालमेल गर्ने पक्षमा छैनन् भने अरु केही नेताहरु भने वाम तालमेल गर्नुपर्ने पक्षमा छन् । भित्र तालमेलको कुरा भइरहेको छ तर त्यो कुरा परिणाम दिने अवस्थामा पुग्न सकेको छैन । अध्यक्ष ओलीकै कारण दोस्रो तहका नेताहरु खुलेर तालमेलको कुरा गर्न सकिरहेका छैनन् ।
त्यसो भए तापनि चुनाव आयो कि कम्युनिस्ट एकताको कुरा चल्छ । कम्युनिस्ट कम्युनिस्ट एक हुनुपर्छ । एक हुन नसके तालमेल गरेर चुनावमा जानुपर्दछ । एक वाम एक ठाम भन्ने पनि गरिन्छ । तर सबै कम्युनिस्ट पार्टीहरुले आफूलाई सक्कली कम्युनिस्ट भन्ने गरिएपछि ती सबै एकता प्रयास बीचैमा तुहिने गरेको छ । सक्कली र नक्कलीको विवाद पेचिलो बन्दै गएको छ । बाहिरी शक्तिले पनि जुन ठूलो छ, त्यसलाई मात्र देख्ने भएकोले केही समस्या सिर्जना भएको महसुस गरिएको छ । नेपाली कांग्रेसभित्र त्यस्तो विवाद छैन । तर त्यो प्रजातान्त्रिक पार्टी भएकोले त्यसभित्रको आन्तिरिक विवाद कहिलेकाहीं हिमालजस्तै ठूलो भएर देखापर्छ । त्यस पार्टीमा अहिले गठबन्धनमा रहेका दलहरुसँग तालमेल गरी चुवाव लड्ने कुरामा सहमति छ तर आन्तरिक सिटको तालमेलमा के–कसरी सहमति हुन्छ, त्यो भने हेर्न बाँकी छ । आगमी १ सय दिन चुनावको माहोल तातिँदै जानेछ । पत्र पत्रिकाहरु र सञ्चारका साधनहरु चुनावको रंगमा रंगिनेछन् । त्यो जे भए पनि देशको लागि महत्वपूर्ण समय हो । यसलाई सबैले सकारात्मक किसिमले हेर्नुपर्दछ । चुनावमा असल नेतृत्वका लागि आम नागरिकले सुझबुझका साथ हेरिरहनु् आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१