जिसस कास्कीको स्थापना दिवस

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७९
Jisasa

पोखरा । जिल्ला समन्वय समिति कास्कीले छैटौं स्थापना दिवस शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । सो अवसरमा सरसफाइसहित ज्येष्ठ नागरिक सम्मान र सहयोग हस्तान्तरण गरियो ।

पोखरा २७ स्थित श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाश्रममा ५ हजार रुपैयाँ बराबरको चामल, तरकारी, फलफूल लगायत खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।

जिसस प्रमुख लीलाधर पौडेलले ज्येष्ठ नागरिक अनुभव तथा सबै हिसाबले परिपक्व हुने हुनाले उनीहरुका ज्ञान र अनुभव पछिल्लो पुस्तालाई निकै उपयोगी हुने बताए । शारीरिकरुपमा अशक्त ज्येष्ठ नागरिकको हेरचाह तथा स्याहारसुसारमा उपयुक्त नीति नै निर्माण गरी निर्माण भएका ऐन कानुनको कडाइका साथ लागु गर्न राज्यका निकायलाई उनले आग्रह गरे ।

कार्यक्रममा जिसस कास्कीका उपप्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल, पोखरा २७ का सदस्यद्वय दीपेन्द्रबहादुर खत्री र सूर्य वाग्ले, श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाश्रमका संरक्षक कल्याणकुमार कार्की, सोही आश्रमका अध्यक्ष दुर्गाप्रसाद गौतम, सचिव तिलकशाली अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

२०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित तत्कालीन जिसस पदाधिकारीहरुले सपथ लिएको दिन साउन २० लाई जिससले दिवस मनाउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै