कांग्रेसद्वारा मुख्यमन्त्रीसमक्ष ज्ञापन

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७९
Gyapan

पोखरा । नेपाली कांग्रेस गण्डकीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गठन हुने विभिन्न विषयगत समितिमा सबै गण्डकी प्रदेशवासीको अपनत्व हुने गरी भूमिकाको माग गर्दै ज्ञापनपत्र बुझाइएको प्रवक्ता माधवप्रसाद बास्तोला ‘मधु’ले जनाए ।

ज्ञापनपत्रमा भनिएको छ, ‘प्रतियोगिता व्यवस्थित संचालन गर्न नेपाली कांग्रेस गण्डकीको ध्यानाकर्षण भएको छ । उक्त खेल सम्पन्न गर्नका लागि विभिन्न खेलसँग सम्बन्धित यस क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अग्रज खेलाडीहरु यस प्रदेशका पुँजी हुन्, उहाँहरुको अनुभव र क्षमताको अधिकतम् उपयोग र भूमिका गण्डकी प्रदेश सरकारको अपनत्व, सहयोग र शुभेक्षा अनिवार्य रहेको बुझाइ हामीहरुको रहेको छ ।’

साथै राज्यको ठूलो धनराशि खर्च हुने भएकोले यसको श्रोत र खर्चको पारदर्शिताप्रति हामी उत्तिकै जिम्मेवार हुनुपर्ने विषय ज्ञापनपत्रमा उल्लेख छ ।

गण्डकीमा दोस्रो संस्करणको २९ वर्षपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ सम्म हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै