राष्ट्रिय कविता प्रतियोगितामा भुषाल प्रथम

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७९
Asmit Bhusal Photo

पोखरा । राष्ट्रिय कविता प्रतियोगितामा स्याङ्जाका अस्मित भुषाल प्रथम भएका छन् । ‘लगइन बुक्स’ ले आयोजनामा भएको प्रतियोगितामा उनको छन्द कविता ‘म मरेको दिन’ दुई दर्जन कवितामध्येबाट पहिलो भएको हो ।

यस्तै, दिव्या अधिकारीको अंग्रेजी कविता ‘डेथ’ दोस्रो भएको छ । प्रथमले १० हजार, दोस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक रविन श्रेष्ठले बताए । प्रतियोगिताको निर्णायक नीर्भीकजंग रायमाझी थिए ।

‘लगइन बुक्स’ले पुस्तक प्रकाशन तथा इबुक प्रकाशनमा काम गर्दै आएको छ । कृष्ण जि मूल, गौरव जि हिमाली लगायत युवाको सोचमा यो संस्था सुरु भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width