हेमजा। पोखरा बाग्लुङ राजमार्ग स्तरोन्नति गरी मध्यपहाडी लोकमार्ग निर्माण गरेसँगै हेमजा खण्डमा झनै दुर्घटना बढ्दै गएको ठहर गर्दै पोखरा २५ वडा कार्यालयले सडक दुर्घटना घटाउन डिभाइडर हस्तान्तरण गरेको छ ।
वडाध्यक्ष मोतिराज तिम्सिनाले ट्राफिक प्रहरी पोस्ट बगरका प्रमुख प्रहरी नायव निरीक्षक मीनबहादुर खड्का नेतृत्वको टोलीलाई ८ थान हिलटेक हस्तान्तरण गरेका हुन् । जसको मूल्य प्रतिथान १८ हजार रुपैयाँ पर्छ ।
प्रहरीले मंगलबार नै सुइँखेतस्थित अम्बिका मावि तथा तल्लो हेमजास्थित बुद्धचोक क्षेत्रको राजमार्गमा उक्त हिलटेक पनि राखिसकेको छ ।
सो स्थानमा पूर्व २ लेनको सडकलाई मध्यपहाडीसँगै दुर्वतर्फ ३ लेन गरी कुल ६ लेन बनाइएको छ । जसकारण सडक सहजतासँगै चालक र पैदल यात्रुको लापरबाहीका कारण दैनिक दुर्घटना बढ्दै गएको वडा सदस्य सुवास भण्डारीले बताए । उनले स्तरान्नतिसँगै सडकमा सेवाको साथमा जोखिम बढेको समेत औंल्याए ।कार्यालयले अझै स्थानीय फेदी, चाक्लेकुला (प्रगतिचोक), सापकोटाचोक र याम्दी क्षेत्रमा हिलटेक राख्नुपर्ने जनाइएको छ । दिनकै ५÷६ वटासम्म दुर्घटना हुने गर्दा जनधनको क्षति बढेकाले आवश्यक सावधानी अपनाइएको वडाले भनेको छ ।
वडा प्रहरी कार्यालय बगर प्रमुख प्रहरी निरीक्षक महेशकुमार आचार्यले दुर्घटना बढ्नुको कारण तीब्र गति र मादक पदार्थ सेवन भएको उल्लेख गरे ।
वडाले जनप्रतिनिधि, राजनीतिक दल, रेडक्रस, सामुदायिक प्रहरीका प्रतिनिधि, पत्रकार तथा नागरिक समाजको रोहवरमा पहिलो चरणमा हिलटेक हस्तान्तरण गरेको हो । वडाध्यक्ष तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडाका कर्मचारी ईश्वरी बास्तोलाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१