समस्याको हल वार्ताको माध्यमबाटै गरौं :शिक्षामन्त्री पौडेल

रामशरण नेपाली
श्रावण २, २०७९
Pokhara University

लेखनाथ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्रनराज पौडेलले बेला बेलामा विश्वविद्यालयमा आउने समस्याको हल वार्ताको माध्यमबाटै हुनुपर्नेमा जोड दिएका छन् । आइतबार पोखरा विश्वविद्यालयको रजत जयन्ती समारोह एवं २६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै विभिन्न मागहरु पूरा गर्ने उद्देश्यले पठनपाठन अवरुद्ध हुने गरी विश्वविद्यालयमा बेला बेलामा हुने तालाबन्दी विश्वविद्यालय परिवारबाट नै हुने हुँदा यस्ता समस्याहरुको समाधान वार्ताको माध्यमबाट नै गर्न प्राध्यापकहरु, पदाधिकारीहरु, कर्मचारीहरु एवं विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

मन्त्री पौडेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने क्रममा रहेकाले यससँगै संसारभरका मानिसहरु आउने क्रमसँगै विश्वविद्यालयले पनि आफ्नो क्षमता, योग्यता र कुशलतालाई प्रकट गर्नुपर्ने बताए । उनले सातै प्रदेशमा मेडिकल कलेजहरु सञ्चालन गर्नुपर्ने सरकारको नीति बमोजिम पोखरा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारले सोही अनुसारको प्रतिबद्धता जनाएकाले केही समयमै सञ्चालनमा आउने विश्वविद्यालयको आफ्नै मेडिकल कलेजको लागि हार्दिक बधाई ज्ञापनसमेत गरेका थिए ।

सातै प्रदेशमा नास्टको रिसर्च सेन्टर स्थापना गर्ने निर्णय भएको बताउँदै यस्तो अनुसन्धान केन्द्र, नास्ट र विश्वविद्यालयलाई समायोजन गरेर अनुसन्धान केन्द्रलाई अघि बढाउने विषयमा विश्वविद्यालयभित्र राखेर अनुसन्धान केन्द्र अगाडि बढाउने निर्णय विश्वविद्यालयले पनि गरेका बताए ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विगतदेखि यस क्षेत्रका शिक्षाविद्, विश्वविद्यालयका पूर्व पदाधिकारीहरु र प्राध्यापकको अथक प्रयासले विश्वविद्यालय अहिलेको अवस्थामा आइपुगेको बताउँदै अझै पनि विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्ने आफ्नो रात दिनको सपना रहेकोमा यसमा सबैले साथ दिन आग्रह गरे । उनले विद्यार्थीहरुलाई भत्काउने र बिगार्ने कार्यमा नलागी सिर्जनात्मक र अनुसन्धनात्मक कार्यमा लाग्न आग्रह गरे ।

कार्यक्रममा पूर्व उप–कुलपतिहरु प्राध्यापक चिरञ्जीवीप्रसाद शर्मा, प्राध्यापक खगेन्द्रप्रसाद भट्टराई, प्राध्यापक डा. केशरजंग बराल, विश्वविद्यालयको स्थापनार्थ महत्वपूर्ण योगदान पुर्‍याउने पूर्वसभासद् एवं शिक्षाविद्हरु अशोक पालिखे र आनन्दराज मुल्मी, प्रकाशमान गुभाजु लगायतले बोलेका थिए । विश्वविद्यालयको चिनारी एवं कार्यक्रमको विषयमा विश्वविद्यालयका रजिस्टार डा. दीपकबहादुर भण्डारी, स्मारिकाका सम्पादकको तर्फबाट विश्वविद्यालयको अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. नमराज धामीले बोलेका थिए ।

उक्त अवसरमा विश्वविद्यालय २५ औं वर्ष सफलताूुर्वक पार गरी २६ औं वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती स्मारिकासमेत विमोचन गरिएको थियो ।

कार्यक्रममा विश्वविद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान गर्ने पूर्व उप–कुलपतिहरु, पुर्व रजिस्टारहरु, पूर्वसभासद् एवं शिक्षाविद्हरु, पूर्व डिनहरु, पूर्व परीक्षा नियन्त्रकहरु, पूर्व कार्यकारी निर्देशकहरु, प्राध्यापकहरु एवं प्रशासकहरुलाई सम्मान गरिएको थियो ।

विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विज्ञान तथा प्रविधि संकायका डिन राजेशकुमार ठकुराठीले गरेका थिए भने कार्यक्रमको सञ्चालन उपप्राध्यापक अतिश कौडिन्यायनले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भूतपूर्व विद्यार्थीको भेटघाट तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयको समृद्धिमा सुझाव…
  • माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बमबहादुर गुरुङ चयन भए । विद्यालयमा…
  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…

hero news full width