सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य

आदर्श समाज सम्वाददाता
असार २०, २०७९
Sunchandi

पोखरा । पोखरा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन् । पोखरा सुनचाँदी व्यवसायी संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा बुद्धाचार्य निर्वाचित भएका हुन् । संघको उपाध्यक्ष मंगलराज शाक्य, सचिव प्रवीण बुद्वाचार्य, कोषाध्यक्ष राकेशमान बुद्वाचार्य र सहसचिव रवीन्द्र बज्राचार्य चयन भए । सदस्यहरु ईश्वरमान बुद्वाचार्य, महेश रत्न शाक्य, दिनेशमान बुद्धाचार्य र निकिन बज्रचार्य छन् ।

अधिवेशन तथा साधारण सभा उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष राजेशमान बुद्धाचार्यले सुनचाँदी व्यवसायीले आफ्नो व्यवसायलाई मर्यादित बनाएर ग्राहकलाई सन्तुष्टि बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा महेन्द्रमान गुभाजु, विनोदरत्न शाक्य, नितिन बज्राचार्य, उत्तममान बुद्वाचार्य लगायतले सुनचाँदी व्यवसायीको हकहितबारेमा बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width