विद्यार्थी उपचारका लागि अक्षयकोश

आदर्श समाज सम्वाददाता
असार १७, २०७९
student

पोखरा । पोखराको पस्र्याङ निवासी कृष्णप्रसाद/सीता कोइराला परिवारले आफ्ना छोरा राजेशको स्मृतिमा वाराही माविमा अक्षयकोष स्थापना गरेका छन् ।

उनीहरुले बिहीबार एक समारोहबीच १ लाख ५१ हजारको अक्षयकोष स्थापना गरेका हुन् । जसमार्फत बिरामी विद्यार्थी उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मल खत्रीले कोषदातालाई धन्यवाद ज्ञापन गर्दै असल कर्मको अनुशरण सबैले गर्नुपर्ने औंल्याए ।

विद्यालय प्रअ शिवप्रसाद भण्डारीले कोष तथा सहयोगदाता कोइराला परिवारबारे प्रकाश पारे । उक्त कार्यक्रम शिक्षक सुरेशकुमार पौडेलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width