पोखरा ।
‘असार मासको छिपछिपे हिलो, छिः मलाई घीन लायो
जेठी र कान्छी नगरे झगडा
कान्छीलाई दिम्ला गइरीको खेत, जेठीलाई बगर
चुधरी चोलिया मै सिलाई दिउँदा बाहुली पसार
पूर्वको ढोका उघारी हेर्दा लाएछ असार’
पोखरा २५ हेमजाकी खिनी तिमिल्सिना श्वास पुर्याइ–नपुर्याइ असारे भाका गाउन थालिन् । बुधबार हेमजामा भएको १७ औं रोपाईं महोत्सवमा एक्लै गाउँदै थिइन्, उनी । उनीसँग यो गीत स्वर मिलाउने कोही भएनन् र एक्लै स्टेज चढिन् ।
आजकल असारेगीत असार महिनामा पनि बिरलै सुनिन्छन् । पहिला असारेगीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्यअसार भइसक्दा पनि असारेगीत नसुनिएको उनले बताइन् । पछिल्ला दिनमा बढ्दो आधुनिकतासँगै असारमा पहिलेजस्तो उल्लास पाइन छाडेको उनको भनाइ छ । आजकल मेला हिंड्ने परम्परा कम भएको र असारेगीत गाउने छाडेकाले भाकासमेत लोप भएको बुढापाका बताउँछन् ।
नयाँ पिंढीलाई असारेगीत गाउनै आउँदैन । कास्कीकोट माइतीघर हुँदा नै असारे भाकामा स्वर मिलाउन सुरु गरेकी खिनीले ७० वर्षसम्म भाका हालिन् । कुनै गीत आफैले रचिन कुनै अरुको सुनेर गाइन् । हेमजाको फाँटमा १२ वर्ष अघिसम्म खेतालाको नेतृत्व गर्दै असारे गाउँथे । त्यसपछि बुढेसकालले छोएपछि खेलमा खुट्टा गाड्न छाडिन् । रोगले सताएपछि लामो समय घरबाट निस्किनन् । तीज र असारे भाकामा सिपालु उनी करिब ७ वर्ष नाच्ने गाउने काम छोडिन् । निको हुँदै गएपछि ५ वर्ष पहिले तीजको गीत गाइन् । उनले असारेगीत गाउन छोडेसी अरु पनि गाउन छाडे । ‘म बिरामी भएर गाउन सकिनँ,’ उनले भनिन्, ‘मैले छोडेसी अरुले पनि गाउन छाडे खासमा नजानेर रहेछ ।’ रोपाइँका बेला बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने हुँदा उत्सवजस्तै मानिने असारे रोपाइँको रौनक घटेको उनी बताउँछिन् । पछिल्लो सयममा रोपाइँको क्रममा असारेगीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको खिनीले बताइन् ।
संसार छोडेर जाने बेलामा आफूसँग भएको प्रतिभा पुस्तान्तरण गर्ने उनको रहर छ
आजकल रोपाइँको मौलिकता हराउँदै गएकामा पाका नागरिक चिन्तित छन् । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ भने असारेगीत पनि सुनिन छाडेको छ ।
‘असारै खाउँला दुधिलो मकै, साउने खाउँला खिर,
घरमा छैन शीतलु वचन, मनमा छैन थिर ।
छुपुमा छुपु खेतमै रोपु, हातको बिउ छउञ्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यूँ छइञ्जेल’
लोकगायिका हरिदेवी कोइरालाले स्वरमा रेहेको यस्तै–यस्तै शब्दमा रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बिउ रोप्ने गरेको उनी सम्झिन्छन् । धान रोप्दै गाइने असारेगीतमा दुख, पीडा, हँस्यौली–ठट्यौली, मायापिरतीका कुरा पनि समेट्ने गरेको उनले सुनाइन् । असारे भाका लोप हुने अवस्थामा पुग्दा उनी निकै चिन्तित छिन् ।
असारे भाका पुस्तान्तर गर्न नखोजेकी होइनन्, खिनीले । ‘अरुलाई सिकाउँछु भन्ने त लाग्छ नि सिकाउन पनि तयार छु,’ उनले भनिन्, ‘अहिलेका केटाकेटीहरु माया पिरतीका गीतभन्दा अरु त गीत नै होइन जस्तो गर्छन् ।’ संसार छोडेर जाने बेलामा आफूसँग भएको प्रतिभा पुस्तान्तरण गर्ने उनको रहर छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१