पोखरा । नेपाल मगर सांस्कृतिक संघ, कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सरिता सारू मगर पुनःनिर्वाचित भएकी छन् ।
अधिवेशनबाट उपाध्यक्षमा दिलु फगामी मगर, महिला उपाध्यक्ष सृजना आले मगर, सचिव वसन्ती थापा मगर, सहसचिव सन्तोष पुन मगर, कोषाध्यक्ष कल्पना आले मगर र सहकोषाध्यक्ष चिना थापा मगर चयन भए । सदस्यमा बबिता बुढा मगर, रामचन्द्र थापा मगर, आकाश बुढा मगर, तारा थापा मगर, निशा पुन मगर, दिलु श्रीस मगर, रेशम थापा मगर, बत्ती थापा मगर, पप्पु थापा मगर, लाली थापा मगर, ललिता पुन मगर र निरा थापा मगर छन् ।
यसअघि, अधिवेशन उद्घाटन गर्दै संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज पदम थापा मगरले मगर जाति कला, साहित्य र संगीतको धनी रहेको बताए । गीत संगीत क्षेत्रमा आबद्ध मगर कलाकारलाई एकताबद्ध गर्दै संघ अघि बढेको बताउँदै उहाँले मगर कलाकारको सुख दुखमा संघ सधैं साथमा रहने उल्लेख गरे ।
नेपाल मगर संघ, कास्कीका जिल्ला सचिवालय सदस्य एवं सांस्कृतिक विभाग प्रमुख गोविन्द पुन मगरले मगर कलाकारले गायन र नृत्य क्षेत्रमा अभ्यस्त हुने मात्र नभइ सांगठनिक नेतृत्वका लागि समेत अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीस मगरले मगर लगायतका आदिवासी जनजाति समुदायबाटै मौलिक लोक गीत संगीतको उत्पत्ति भएको दाबी गर्दै मगर कलाकारले मौलिकताको संरक्षणमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकी प्रदेशका उपाध्यक्ष एवं वरिष्ठ चलचित्रकर्मी सन्तोष पिठाकोटे मगरले मगर चलचित्रकर्मी संघ र मगर सांस्कृतिक संघबीच सहकार्यको आवश्यकता औंल्याए । त्यस्तै, नेपाल मगर सांस्कृतिक संघ, कास्कीका संस्थापक सहसचिव सञ्जय पुन मगरले सबै मगर कलाकारलाई संघमा आबद्ध गराउँदै आफ्नो समुदायका बारेमा प्रशिक्षित गराउनुपर्ने बताए ।
नेपाल मगर सांस्कृतिक संघ, कास्की अध्यक्ष सरिता सारू मगरको अध्यक्षतामा भएको उद्घाटनमा उपाध्यक्ष सुरज थापा मगर र सचिव सुरेश राना मगरले पनि बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१