काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनको प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका पहाडी भूभागका धेरै र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै, प्रदेश १ तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ । रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, प्रदेश १, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
अझै दुई दिन पानी पर्ने
तारेपहरो डम्ठी वनमा दुर्गादत्त
पोखरामा मनाइयो विश्व सिमसार दिवस
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१