पोखरा, १३ असार । किसानलाई तत्काल मल र बिउ उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पोखरास्थित कृषि ज्ञान केन्द्रको कार्यालयमा धर्ना दिएको छ ।
सरकारले बर्खा लागिसक्दा समेत किसानलाई बिउ र मल जस्ता अत्यावश्यक बस्तु उपलब्ध गराउन नसकेकाले सोको माग गर्दै धर्ना दिइएको राप्रपा कास्की प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
धर्नाका सहभागीले किसानलाई समयमै मल बिउविजन वितरण गर, किसानका उत्पादनका उचित बजार मूल्य व्यवस्था गर, कृषिको आधुनिकीकरण गर, किसानलाई उचित तालिमको व्यवस्था गर जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए ।
धर्नापछि आयोजित कोणसमा राप्रपा गण्डकी अध्यक्ष पञ्चाराम गुरुङले सरकार किसानको खिलापमा रहेको बताए । ‘कृषिप्रधान देशमा सरकारले किसानको न आवाज सुन्छ न समस्या बुझ्छ, उनले भने, किसानलाई सधैं गरिबीकै रेखामुनि राख्ने षड्यन्त्र सरकारले गरेको छ ।’
कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले किसानका आवश्यकता पूरा नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिए । कार्यक्रममा नेताहरु जयलाल पुन, शंकर खराल लगायतले किसानको हितमा सरकारले ध्यान दिनुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१