पोखरा । लेकसाइड एरिना प्रालि पोखराले आयोजना गरेको दोस्रो फुटसल टुर्नामेन्ट–२०७९ पोखरा २९ को बदामको एफसीले जितेको छ । लेकसाइड एफसीले उपविजेतामा चित्त बुझायो । विजेताले ट्रफी, मेडलका साथमा ४० हजार नगद र उपविजेताले ट्रफी, मेडलका साथमा २० हजार नगद प्राप्त गर्यो ।
प्रतियोगितामा काठमाडौं, धरान, तनहुँ, बागलुङका बहिरा टिम लेकसाइड, ब्वाइज, ज्याक युनाइटेड, बदाम एफसी, २५ के, नदीपुर एफसी र दीप एफसीसमेत १० टिमले प्रतिस्पर्धा गरेका थिए ।
बदाम एफसीले ४ गोल गरेको थियो भने लेकसाइड ब्वाइजले ३ गोल गरेको थियो । बेस्ट प्लेयर सोही बदाम एफसीका जर्सी नं.५ का अर्जुन मगर र किपर जर्सी नं ९९ रविन घले घोषित भए । उनीहरुले समान १ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा रेफ्री सरोज योञ्जन र सहायक रेफ्री जीवन गुरुङले सहजीकरण गरेका थिए ।
ट्रफी मेडलको प्रायोजन इभेन्ट फर यु का सञ्चालक प्रमुख अतिथि विशाल गुरुङले गरेका थिए। प्रथम पुरस्कार र द्वितीय पुरस्कार युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाले सहयोग गरेका थिए । पोखरा १० वडा कार्यालयले टिम व्यवस्थापनका लागि १५ हजार नगद सहयोग गरेको थियो ।
देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले र बहिरा मित्रहरुले पनि आर्थिक सहयोग गरेको कार्यक्रम सञ्चालक सूर्यमोहन बरालले जानकारी दिए । दोभाषे लक्ष्मी श्रेष्ठ आयोजक विशान गुरुङ, जमानसिंह गुरुङले प्रतियोगिता सञ्चालनमा योगदान गरेका थिए ।
बुद्ध युवा क्लब बगरका अध्यक्ष विजया गुरुङले प्रतियोगितामा फरक क्षमतासँग सुन्नेहरुको रोचक भिडन्तले वातावरण रोमाञ्चक भएको बताइन् ।
प्रतियोगिता विजेतालाई ट्रफी रेफ्री सरोज योञ्जनले प्रदान गरे भने रनर अप ट्रफी मेडल उत्तर प्रदेश क्रिकेट बोर्डका महासचिव आशीष श्रीवास्तवले प्रदान गरे । प्रतियोगिता पोखरा ४ गणेश टोलस्थित स्पोर्टस् क्यासलमा भएको थियो ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१