ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमामा ५० प्रतिशत छुट

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७९
Ward 24 Photo

पोखरा । पोखरा वडा २४ ले ६० वर्षदेखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमामा ५० प्रतिशत छुट दिने भएको छ । नवनिर्वाचित वडाध्यक्ष भरतबहादुर अधिकारी र सदस्यले शुक्रबार पदभार ग्रहण गर्दै स्वास्थ्य क्षेत्रमा काम गर्ने पहिलो निर्णय गरेका हुन् ।

पहिलो निर्णयमा नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउन स्वास्थ्य बिमामा ध्यान दिएको वडाध्यक्ष अधिकारीको भनाइ छ । ७० वर्षमाथिकालाई भने सरकारले नै बिमा सुविधा दिंदै आएको छ ।

अधिकारीनले अघिल्ला जनप्रतिनिधिले सञ्चालन गरेका अधुरा काम २ वर्षभित्र पूरा गर्ने बताए । साथै नयाँ योजनाको लागि आमभेला गरी सशक्त अघि बढ्ने उनको योजना छ । कास्कीकोटका हाल ३ सय जना ६० देखि ७० उमेर समूहका ज्येष्ठ नागरिक भएकाले उनीहरुको बिमा गर्न वार्षिक ५ लाख २५ हजार रकम लाग्ने अनुमान वडा कार्यालयले गरेको छ । उक्त कार्यक्रममा उनले निर्वाचनका समयमा फरक फरक पार्टीबाट प्रतिनिधित्व गरे पनि अब वडावासीको साझा प्रतिनिधि भएकाले मिलेर जानुपर्नेमा जोड दिए ।

उनले कालिका माविलाई प्राविधिक शिक्षालय बनाउने प्रतिबद्धता जनाए । कार्यक्रममा निर्वाचित वडा सदस्य रेशम सुवेदी, कृष्णप्रसाद सुवेदी, मैयाँ नेपाली र सरस्वती त्रिपाठीले जनताको अधिकारका लागि एक भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

पढ्न वञ्चितलाई निशुल्क भर्ना

पोखरा–१० का नवनिर्वाचित वडाध्यक्ष राजेश गुरुङले स्कुल जान नसक्ने बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना अभियान सुरु गर्ने पहिलो निर्णय गरेका छन् ।

स्थानीय तह निर्वाचनपछि निर्वाचित वडाध्यक्ष गुरुङले वडामा २ सामुदायिक विद्यालय रहेको र ती विद्यालयमा जान वञ्चित बालबालिकालाई भर्नाको व्यवस्थापन वडा कार्यालयले गर्ने बताए । ‘स्कुल जानबाट वञ्चित बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना वडा कार्यालयले गर्ने छ,’ उनले वडाको पहिलो निर्णय सुनाउँदै भने ।

पोखरा–१० मा कालिका र कुडहँर प्रावि छन् । ती दुवै सामुदायिक विद्यालय हुन् । ती विद्यालयमा बालबालिका पढाउने जिम्मेवारी वडा कार्यालयले लिने छ । वडामा कति जना बालबालिका स्कुल जानबाट वञ्चित छन् भन्ने यकिन तथ्यांक संकलन गरिने उनले बताए । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई पढ्न वञ्चित नहोस् भन्ने ध्येय वडाध्यक्षले राखेका छन् । वडाध्यक्ष स्वयं लामो समय कालिका माविमा शिक्षण पेसामा आवद्ध थिए । शिक्षण पेशाबाट निवृत्त भएपछि उनी राजनीतिक क्षेत्रमा होमिएका हुन् । टोल विकास संस्थाले सिफारिस आधारमा बालबालिकालाई भर्ना अभियान सुरु गरिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width