महानगरमा बिदा नहुने

रासस
जेठ ८, २०७९
bida holiday

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यालय सञ्चालन गर्ने भएको छ । कामपाको राजस्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने कामपाको विभागीय प्रमुख महेश काफ्लेद्वारा जारी सूचनामा भनिएको छ ।

नागरिकको सेवालाई ध्यानमा राखी आइतबार नै गर्नुपर्ने अत्यावश्यक कामका लागि सहयोग होस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको सूचनामा भनिएको छ । केन्द्र सरकारले जेठ १ देखि लागु हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width