स्थानीय तहको निर्वाचनको मतगणना घोषणा पनि भएको छ । मतगणना अन्तिम चरणमा पुगेको छ । यस पटकको चुनावका सम्बन्धमा धेरैले धेरै अध्ययन, मूल्यांकन र विश्लेषण गर्दै छन् । त्यो कार्य आगामी केही हप्तासम्म पनि निरन्तर चलिरहने छ । निर्वाचन आयोगले देशैभर एकैदिन वैशाख ३० गते निर्वाचन सम्पन्न गरेको छ । आयोगले देशैभर एकैदिन निर्वाचन गरेकाले कहीं कतै सुरक्षा चुनौती भएको पनि जनाएको छ । निश्चय नै कहीं कतै झडप पनि भए । पुन निर्वाचन गर्नुपर्ने अवस्था पनि आए । यतिन्जेल त्यस्तो निर्वाचन पनि सम्पन्न भइसकेको छ ।
यस पटकको निर्वाचनमा धेरै फरक विशेषताहरु देखिएका छन् । त्यसबारे क्रमशः उल्लेख हुने नै छन । तर एउटा महत्वपूर्ण के हो भने मतदाताहरु राजनीतिक पार्टी र पार्टीका नेता एवं पदाधिकारीबाट सन्तुष्ट छैनन् भन्ने प्रष्ट देखाएका छन् । पहिलो निर्वाचितहरु जो दोहोर्याएर चुनाव लडे, उनीहरु अधिकांशतः पराजित भएका छन् । उनीहरु पराजित पनि यस्ता उम्मेदवारबाट भए कि जसलाई पहिले उनीहरुले पराजित गरेका थिए । त्यसरी परिवर्तन गरिनुपर्ने कारण तिनीहरुले गरेका काम कारबाहीबाट असन्तुष्ट भएर हो । अधिकांश जनप्रतिनिधि सुविधाभोगी भए । तिनीहरुविरुद्ध अख्तियार दुरुपयोग निवारण आयोगमा धेरै उजुरी आएको स्वयं अख्तियारले पनि उल्लेख गर्ने गरेका थिए । मतदाता नेताबाट मोहभंग भएकाले यस पटक बागी उम्मेदवारको चर्चा खुब भयो । ती बागी उम्मेदवारमध्ये केहीले चुनाव पनि जितिसकेका छन् । काठमाडौं महानगरपालिकाको चुनावमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले मत गणनाको सुरुदेखि जे–जसरी अग्रता हासिल गरेको देखियो, त्यसबाट नेताहरु लज्जित भएको हुनुपर्ने हो ।
चुनावका धेरै सकारात्मक पक्ष पनि छन् । यस पटक दलित एवं सीमान्तकृत वर्ग र जातिकाले चुनावमा उम्मेदवार भएका र तिनीहरुमध्ये आफ्नै जाति र वर्गको एकताको आधारमा चुनाव पनि जितेका छन् । शोषित, दलित, पीडित एव सीमान्तकृत जाति र वर्गकाले चुनाव जित्नु ठूलो कुरा हो । यस्तै गरेर चुनाव जित्दै नीति निर्धारणको तहमा तिनीहरु पुग्नसके संविधानमा उल्लेखित समानताको नारा छिटो व्यवहारमा परिणत हुने अपेक्षा गर्न सकिन्छ । तर यस पटक राजनीतिक पार्टीहरुले नगरप्रमुख, उप–प्रमुख, वडाध्यक्षको पदमा महिला प्रत्यासी बनाउन ज्यादै कञ्जुस्याइँ गरेको देखियो । तिनीहरुको त्यो कञ्जुस्याइँले गर्दा विगतमा भन्दा यस पटक ती पदहरुमा महिलाको संख्या घट्ने देखिन्छ । यस्ता धेरै कमी कमजोरी यस पटकको चुनावी अभियानमा देखिन्छन्, जसको उल्लेख क्रमशः हुँदै जाने अपेक्षा गरिएको छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१