नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७९
Rastiya Yuwa Sanga

पोखरा, २२ वैशाख । नेकपा एमालेका उम्मेदवार जिताउन एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ कास्की जिल्ला कमिटीले रचनात्मक सांस्कृतिक कार्यक्रमसहित चुनाव प्रचार अभियान तीव्र पारेकोे छ ।
युवा संघले आफ्नो मातृपार्टी एमालेबाट कास्कीका स्थानीय तहका उम्मेदवार विजयी गराउन रचनात्मक सांस्कृतिक कार्यक्रम सहित चुनाव प्रचार अभियानलाई तीव्र पारेकोे हो ।

वैशाख २० मा अन्नपूर्ण गाउँपालिका १, ३ र ५ बाट सुरु गरेको अभियान सोही दिन पोखरा ५, ८ र २ मा सम्पन्न भएको थियो । साथै, वैशाख २१ मा पोखराको वडा १७, १८, १५, १० र ३ मा सम्पन्न भयो ।

पोखरा १० मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै युवा राष्ट्रिय युवा संघ कास्की अध्यक्ष पानबहादुर जिसीले युवा संघले चुनावलाई लक्षित गरी ६ सय युवा परिचालन गरेको बताए । एमालेका कुनै पनि कार्यकर्तालाई अन्य दलका कार्यकर्ता तथा नेतामार्फत् अवरोध गर्ने काम गरे आफूहरुले त्यसको प्रतिकार गर्ने समेत जिसीले बताए ।

मतदानको बेला युवा संघ नेपालले हरेक बुथमा २ सय युवा परिचालन गर्ने राष्ट्रिय युवा संघ कास्कीका सचिव नमराज सुवेदीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width