पोखरा, २० वैशाख । नेकपा एमाले पोखरा–१५ ले मेयर र उपमेयरका उम्मेदवारसहित मंगलबार घरदैलो कार्यक्रम गरेको छ । घरदैलोपछि कोणसभामा सम्बोधन गर्दै मेयर पदका प्रत्यासी कृष्ण थापाले वडावासीले देखाएको माया र विश्वासले विगतमा जस्तै आगामी निर्वाचनमा पनि एमालेले अत्यधिक मत पाएर विजयी हुने बताए।
थापाले ३४ वर्षको उमेरमै आफू मेयर हुने अवसर प्राप्त गरेको भन्दै यो बीचमा धेरै अनुभव सँगालेको बताए। उनले २०५२ सालदेखि सुरु भएको माओवादी युद्ध र त्यसले निम्त्याएको ध्वंस, २०५९ साल असार ३१ गते तत्कालीन गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाले जननिर्वाचित संस्थालाई अपदस्त गरेको स्मरण गर्दै त्यसपछि लगातार १५ वर्ष स्थानीय तहमा कुनै पनि निर्वाचन नभएको र उक्त भयावह अवस्था आफूहरुले नजिकबाट देखेको बताए ।
उनले अमरसिंहचोकदेखि तल झर्न अत्यन्त विकट रहेको अवस्थामा बाच्छेबुडुवामा ल्याण्डफिल्ड साइटको निर्माण गरेपछि यस क्षेत्रमा पहिलो पटक बाटो बनाएको बताए । तत्कालीन समयमा आफूहरुले नै पोखरामा विकास निर्माणको पूर्वाधार कोरेको दाबी गरे ।
पोखरामा झन्डै साढे ४ अर्बको खानेपानीको योजना आफू स्वयं साक्षी बसेर ल्याएको र यसै योजनाको तेस्रो फेजको निर्माण तथा विस्तार कार्य अहिले चलिरहेको उनले दाबी गरे। उनले मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङको नेतृत्वले पनि विगतमा गरेका कामलाई निरन्तरता दिएको बताए।
एमालेबाट उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले आफूहरु निर्वाचित भएर आइसकेपछि यस वडामा धेरै कामहरु भएको बताइन् । उनले वडाका नागरिकहरुले सुरक्षाको अनुभूति गर्न पाउनुपर्छ भनेर सबैभन्दा पहिले यसै वडामा सिसिटिभी क्यामेरा जडान गरिएको बताइन्।
नेकपा एमाले ज्येष्ठ नागरिकको सम्मान गर्ने पार्टी भएकाले यो बीचमा गठबन्धन या परमादेशको सरकार नआएको भए अहिलेसम्म वृद्धभत्ता सम्भवतः ५ हजार पुग्ने उनको बताइन् ।
पोखरा १५ का अध्यक्षका उम्मेदवार तोरण बानियाँले यहाँको समाज, यहाँका जनता र यस क्षेत्रको विकासका लागि हरसमय तल्लिन भएर समस्यालाई समाधान गर्न अग्रसर हुने बताए। कार्यक्रम संचालन वडा कमिटि सचिव तथा न्यायिक समिति सदस्य पार्वती कार्कीले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१