शुभकामना गोल्डकप विजेतालाई ६ लाख

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७९

हेमजा । हेमजा युनाइटेड आयोजनामा आगामी जेठमा छैटौं राष्ट्रिय शुभकामना गोल्डकप हुने भएको छ ।

जेठ १४ देखि २१ सम्म हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको युनाइटेडका सचिव सुनिल गायकले जानकारी दिए । जसको लागि मिलनचोकमा सम्पर्क कार्यालय स्थापना गरिएको छ भने प्रायोजक, उपप्रायोजक, सहयोगदाताको खोजी भइरहेको आयोजकले जनायो ।

हालसम्म महदत्त पौडेल (मणि) बाट ४० हजार, विकास सापकोटाबाट २१ हजार, केशर फर्निचरबाट १० हजार र लाइफ मेडिकल हलबाट समान १० हजार सहयोग आएको छ ।

युनाइटेडका अध्यक्ष इन्द्रबहादुर कुँवरले सबैको सहयोगबाट प्रतिायोगिता सम्पन्न हुने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगमा आबद्घ ७ र आयोजक गरी ८ टिमले भाग लिने छन् । विजेताले ६ लाख, उपविजेताले ३ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् । खेल गौरीशंकर खेल मैदान (गैरी) मा हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width