स्थानीय तह नगरपालिका र गाउँ पालिकाहरुको निर्वाचन प्रक्रिया प्रारम्भ भएको छ । नयाँ जनप्रतिनिधिहरुका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएकोले पुरानाहरुको अवधि पूरा भएको छ । फेरि उम्मेदवारहरुले आफ्नो पदबाट राजीनामा दिएका छन् । पुराना जनप्रतिनिधिहरु जाने र नयाँ आउने प्रक्रियाको यो अन्तरिम काल हो । अन्तरिम काल भएकाले यस बेला मतदाताहरुले पुराना जनप्रतिनिधिहरु के–कस्ता कामहरु गरे, त्यसको मूल्यांकन गर्न थालेका छन् । त्यस बेला सिंहदरबार आफ्नो घर आँगनमा आयो भनेर स्थानीय जनता खुसी भएका थिए । केही पालिकाहरुले देख्ने गरी केही काम गरेका थिए भने अधिकांशले त्यस्तो उल्लेखनीय काम केही गर्न सकेनन् । अधिकांश नगर प्रमुख, उप–प्रमुख, वडाध्यक्षहरु प्रशासनिक काममा नै रुमलिएर समय खेर फाले ।
ती जनप्रतिनिधिहरु को को आफ्नो काममा सफल भए भनेर हेर्नका लागि तिनीहरुले आफ्नो निर्वाचनको बेला प्रकाशित गरेका घोषणापत्र, प्रतिबद्धता पत्रहरु र त्यसबेला तिनीहरुले गरेका भाषणहरु हेरेमा प्रष्ट हन्छ । तिनीहरु र तिनीहरुका पार्टीहरुले मतदाताहरुलाई के–के सपना बाँडेका थिए र तिनीहरुमध्ये के–के पूरा गरे त्यसको समीक्षा र मूल्यांकन गर्ने बेला अहिले हो । त्यस्तो समीक्षा र मूल्यांकन पार्टी र जनप्रतिनिधिहरुले नै गर्नु राम्रो हो, तिनीहरुले त्यसो गर्नु नगर्नु त्यो तिनीहरुको कुरा हो र गरे पनि तिनीहरुले आफ्नो काम बढाइ चढाइ गर्न सक्छन् । तर आजको जनतालाई आँखामा छारो हाल्नु त्यत्ति सजिलो छैन । जनता सचेत भएका छन् । तिनीहरुले कहाँ कसले के गरे भनेर नियालिरहेका हुन्छन् र समयमा तिनीहरुले आफ्नो अभिमत जाहेर गर्न सक्छन् । त्यो जाहेर गर्ने उपयुक्त समय यही निर्वाचन हो ।
पूर्णप्राय जनप्रतिनिधिहरुले आफ्नो घोषणा पत्रमा उल्लेखित काम कुरालाई पूरा गरेका छैनन् । त्यसमा पनि नेतृत्वमा बस्ने अधिकांशले लज्जित हुनुपर्ने अवस्था छ । तिनीहरुले विकास निर्माणसम्बन्धी ठोस काम के गरे, त्यो देखाउनुपर्दछ । चारा छरेझैं बजेट छर्नु विकास होइन । आफ्नो सुविधा आफैं बढाउनु विकास होइन । तिनीहरुले जथाभावी खर्च गरेका छन् । जसका कारण अनियमितता बढेको छ । महालेखा परीक्षकले त्यो कुरा संकेत गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू कहाँ सबभन्दा बढी उजुरी स्थानीय तहमा भएका भ्रष्टाचार सम्बन्धमा आएको बताउने गरेको छन् । यी सबैलाई दृष्टिगत गर्दा स्थानीय तहको यो ५ वर्ष १÷२ ठाउँबाहेक कतै पनि उल्लेखनीय रहेन । त्यसै भएर यस पटक तिनीहरुको पार्टीका चुनावी घोषणापत्र तुलनात्मक दृष्टिले मूल्यांकन गरी देखाउन सकेका छैनन् । त्यो जे भए पनि अहिले नयाँ अध्याय सुरु भएको छ । नयाँ जनप्रतिनिधिहरु छान्ने अवसर प्राप्त भएको छ । राजनीतिमा हरेश खानु हुँदैन । सधैं आशावादी हुनुपर्दछ । आशावादी भएर अघि बढ्नुपर्दछ र आसन्न चुनावलाई सफल पार्नु पर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१