हिमाली सांस्कृतिमा दिदिबहिनी समूह गठन

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७९
himali sankriti

पोखरा । हिमाली सांस्कृतिक परिवारले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संस्था रजतजयन्ती प्रवेश गरेको अवसरमा संस्थाले शनिबार कार्यसमिति, संरक्षक, मानार्थ सदस्य, सल्लाहकार र कलाकारबीच शुभकामना आदानप्रदान गरेको हो ।

सो अवसरमा हिमाली सांस्कृतिक परिवार दिदीबहिनी समूह गठन गरिएको छ । समितिको अध्यक्षमा मनसुबा नेपाली, उपाध्यक्षमा सविना गुरुङ, सचिवमा ईश्वरी राना गुरुङ, सहसचिवमा नीतु गुरुङ, कोषाध्यक्षमा दीपा गुरुङ, सहकोषाध्यक्ष हेमा परियार चयन भए । सदस्य सजिना गुरुङ, नीतु गुरुङ, दीपिका गुरुङ, कविता गुरुङ र रञ्जु बालकोटी छन् ।

सो अवसरमा आयोतिज म्युजिकल चेयर प्रतियोगितामा महिलातर्फ कोमल तामाङ र पुरुषतर्फ सनबहादुर गुरुङ प्रथम भए । परिवारका कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुति गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञानबहादुर थापा र सहसचिव माधव गुरुङले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width