भेट्रान्स डबल्स ब्याटमिन्टन हुने

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७९
Batmintan Photo

पोखरा । गोर्खा कम्युनिटी पोखराको आयोजनामा प्रथम गोर्खा खुला भेट्रान्स डबल्स तथा अन्तरपल्टन ब्याडमिन्टन प्रतियोगिता–२०७९ हुने भएको छ ।

वीर तथा इमानदार गोर्खाजको स्थापनाको २०७ वर्ष उपलक्ष्यमा बैशाख ११ र १२ मा सो प्रतियोगिता हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जनायो । पोखरा ८, बगालेटोलस्थित सोपाल तमु समाज ब्याडमिन्टन हलमा प्रतियोगिता हुने खेल संयोजक एवं गोर्खा कम्युनिटि पोखरामा संस्थापक अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिए । सिंगल्स र डबल्सतर्फका ३८ देखि ५५ वर्ष, ५६ देखि माथि र अन्तरपल्टन टिमबीच खेल हुनेछ ।

खुला डबल्सतर्फ प्रथमले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार तथा अन्तरपल्टन विजेताले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । करिब ४ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा १ बढी खेलाडीले भाग लिने गोर्खा कम्युनिटी पोखराका अध्यक्ष क्या.चोकबहादुर गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै