पोखरा । १५ औं बिटी कप पाँचौ वीरेन स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो चरणका खेल सकिएका छन् । बुधबारको पहिलो खेलमा मालेपाटन एफसीले पाटन एफसीलाई २–० गोल अन्तरले पराजित ग¥यो । मालेपाटनको जीतमा सोम तामाङ र मिलन मगरले समान १ गोल गरेको आयोजक क्लब अध्यक्ष विजय गुरुङले जानकारी दिइन् ।
दोस्रो खेलमा मेरो नेपालले एनजी एफसीलाई ३–० गोलको फराकिलो अन्तरले हरायो । जीतमा रामचन्द्र नेपालीले २ गोलको योगदान दिए भने सम्पन्न श्रेष्ठले १ गोल गरे ।
शीतलज्योति क्लब र नदीपुर युनाइटेडबीच भएको खेल गोलरहित भएपछि टाइब्रेकरमा शीतलज्योतिले ३–१ गोलअन्तरले जीत निकाल्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेको छ । हाम्रो एफसी र भीमकाली एफसीबीच भएको चौंथो खेलमा गोलरहित भएपछि टाइब्रेकरमा हाम्रो एफसीले ४–३ गोल अन्तरले पराजित ग¥यो ।
पाँचौ खेलमा सत्य युवा क्लब बाझाँपाटनले कमलपोखरीलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा स्थान बनायो ।
छैटौं खेलमा रफ व्याइज र हेमजा युनाइटेडबीचको खेल पनि गोलरहित भएपछि टाइब्रेकरमा ७–६ गोलअन्तरले हेमजा युनाइटेडले जीत निकाल्यो ।
सातौं खेलमा भीमकाली यु–१७ ले रामघाट एफसीलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश ग¥योे । अन्तिम खेलमा लालीगुँरास क्लब धम्पुसलाई लेकसाइड एफसीले ४–० गोलको फराकिलो अन्तरले हरायो । जीतमा सन्तबहादुर गुरुङले हयाट्रिक गरे भने विमल रानाले १ गोलको योगदान दिए ।
बिटी क्लबको आयोजनामा भएको खेलमा बिहीबारदेखि प्रिक्वाटरका खेल सञ्चालन हुनेछन् । विजेताले १ लाख ५१ हजार र उपविजेताले ९१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
Related News
सम्बन्धित समाचार
यु–१४ फुटबल प्रशिक्षण
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
वागमतीलाई बहिरा महिला फुटबल उपाधि
आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन
आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१