पोखरा । पुरानो टुँडिखेलमा जारी १५ औं संस्करणको बिटी कप पाँचौ वीरेन स्मृति सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेल सकिएका छन् । बुद्धटोल युवा क्बलको आयोजनामा जारी प्रतियोगितामा मंगलबारदेखि दोस्रो चरणका खेल हुने क्लब अध्यक्ष विजया गुरुङले बताइन् ।
सोमबारको खेलमा भीमकाली नीलो र डेभिजफल एफसीबीचको खेल निर्धारित समय बराबरीमा सकिएपछि टाइब्रेकरमा भीमकाली नीलो १–० गोलअन्तरले विजयी भयो । दोस्रो खेलमा भीमकाली क्लब टिम ‘ए’ ले ढुंगेसाँघु क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्यो । तेस्रो खेलमा दीप युनाइटेडले ब्रदर्श युनिटीलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले हरायो ।
एलजी एफसीले स्याङ्जा एफसी टिम बिलाई १–० गोलअन्तरले हरायो । एलजीको जितमा अभिषेक गुरुङले निर्णायक गोल गरे । पाँचौ खेलमा स्याङ्जा एफसी टिम एले सँगम एफसीलाई १–० गोलअन्तरले संघर्षपूर्ण जीत निकाल्यो स्याङ्जाको जीतमा मुक्त थापाले निर्णायक गोल गरे ।
छैटौं खेलमा मिरुवा एफसीलाई बयरघारी एफसीले १–० गोलले पराजित गर्यो । जीतमा समीर गुरुङले गोल गरे । सातौं खेलमा विष्णुपादुका क्लबलाई कमलपोखरी क्लब टिम ‘बि’ ले १–० गोलले हरायो । कमलपोखरीको जीतमा विमल गुरुङले निर्णायक गोल गरे ।
अर्को खेलमा लेकसाइड एफसीले रत्नचोक एफसीलाई २–१ गोलअन्तरले पराजित गर्यो । जीतमा मुक्तबहादुर तामाङ र सुनील बिकले समान १ गोल गरे । रत्नचोकका लागि सिंकमान तामाङले सान्त्वना गोल गरे । सोमबारको अन्तिम खेलमा रामघाट एफसीले र एनजी एफसी टिमबिलाई ३–० गोलअन्तरले पराजित गरेको बिटी क्लब अध्यक्ष विजया गुरुङले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
भलिबलको सेमिफाइनल समीकरण
इन्टरबटालियन भूपू भलिबलको उपाधि १/५ जिआरलाई
पाेखरामा इन्टर बटालियन भूपू भलिबल सुरु
मादीको स्थापना दिवसमा भलिबल प्रतियोगिता
टाइगर कपमा पुरुषतर्फ गण्डकी र टिप टप हेल्प नेपालबीच उपाधि भिडन्त
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१