पोखरा । नेपाली लेखक संघको अध्यक्षमा पोखराका तीर्थ श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको पोखरामा भएको ७ औं अधिवेशनले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । पोखरामा आइतबारसम्म चल्ने अधिवेशनले संघको नयाँ कार्यसमिति चयन गर्नेछ ।
अधिवेशनअन्तर्गत अध्यक्ष, कोषाध्यक्ष, ६ वटा प्रदेशका प्रतिनिधि र समावेशी सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक ईश्वरमणि अधिकारीले जानकारी दिए । अध्यक्षमा श्रेष्ठसहित कोषाध्यक्षमा दामु मर्सिफुल निर्वाचित भएका हुन् । यस्तै प्रदेशतर्फ १ नम्बर प्रदेशमा भीष्म काफ्ले, मधेशमा कुमार दाहाल, वागमतीमा भगवती खनाल, गण्डकीमा अञ्जना न्यौपाने, लुम्बिनीमा वासुदेव जम्मरकट्टेल, सुदुरपश्चिममा विष्णुबहादुर गौल्याल निर्वाचित भएको उनले जानकारी दिए । यसैगरी समावेशी सदस्यहरु आदिवासी जनजातितर्फ सञ्जाकुमारी दनुवार, मधेशी/थारुतर्फ गोपाल अस्क, दलिततर्फ गणेशबहादुर नेपाली, मुस्लिम/अपांगतर्फ जीवन आचार्य ‘निश्चल’ र पिछडिएका वर्गतर्फ तपेन्द्र घोडासैनी निर्वाचित भएको निर्वाचन संयोजक डा. अधिकारीले जानकारी दिए ।
अन्य पदमा भने एकभन्दा बढीको उम्मेदवारी परेको डा. अधिकारीले बताए । सहअध्यक्षमा डा. रत्नमणि नेपाल र रामलाल जोशी, उपाध्यक्षमा डा. शैलेन्द्रप्रकाश नेपाल र रामेश्वर राउत, उपाध्यक्ष (महिला) मा डा. रेणु थापा ‘सोल’ र सन्ध्या पहारी, महासचिवमा घनेन्द्र ओझा, मनोज न्यौपाने र सोझो गाउँलेको उम्मेदवारी परेको उनले बताए । यसैगरी उपमहासचिवमा बलराम दाहाल र श्रीबाबु कार्की ‘उदास’ सचिव (महिला) मा शशी थापा पण्डित र अनुपमा रेग्मी, सचिवमा हेम प्रभास, मुरारी दुलाल र गणेश शर्माको उम्मेदवारी परेको छ ।
प्रदेशतर्फ कर्णाली प्रदेशको प्रतिनिधिमा महेन्द्रचन्द्र महासागर र डा. कृष्णराज बिसीको उम्मेदवारी परेको उनले जानकारी दिए । यसैगरी ५ जना महिला सदस्यमा ८ जना र खुलातर्फ १० सदस्यका लागि १५ जनाले उम्मेदवारी दिएका छन् ।
आइतबार बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता, साढे ९ बजे अन्तिम नामावली र १० बजेदेखि मतदानको समय तोकिएको निर्वाचन संयोजक डा. अधिकारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१