काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप तीन जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार ८७४ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७७ हजार १९९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार हजार ४५७ रहेको छ । पछिल्लो समय थप ३२१ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार ४८८ पुगेको छ ।
हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४१ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप तीन जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस सङ्क्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको छ ।
त्यसैगरी पछिल्लो समय ३५ हजार ७८८ ले खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ७७० रहेका छन् । हाल होम आइसोलेसनमा सात हजार ५८० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा १९० आइसीयुमा ६८ र भेन्टीलेटरमा १० जनाले उपचार गराइरहेका छन् ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१