लेखनाथ । पोखरा ३२ मा परोपकार आमा समूहको भवन तथा शिव मन्दिर उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले सोको उद्घाटन गर्दै पोखराको प्रवेशद्वार पोखरा–३२ का विकास निर्माण प्रदेश सरकारको प्राथमिकतामा परेको बताए । मन्दिर, पार्टीपौवा निर्माणका साथै सभ्य समाज निर्माणमा आमा समूहले विशिष्ट योगदान गर्दै आएको बताउँदै उनले परोपकार आमा समूहका विकास निर्माण लगायतका हरेक गतिविधिमा आफ्नो साथ र सहयोग हुने विश्वास व्यक्त गरे ।
पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले परोपकार आमा समूहले विगतदेखि नै गर्दै आएका काम प्रशंसनीय भएको बताए । उनले विकास निर्माणका लागि यो वा त्यो नभनी सबैको सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिए ।
गोगन माविका अध्यक्ष मेघराज पौडेलले ऋणमा रहेर पनि परोपकार आमा समूहले विकास निर्माणका काममा देखाएको सक्रियता प्रशंसनीय भएको बताउँदै समूहका काममा सबैको साथ र सहयोग आवश्यक हुने बताए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा–३२ का अध्यक्ष किसान परियारले सकारात्मक सोचका साथ आमा समूहले रत्यौली लगायत विभिन्न सांस्कृतिक कार्यक्रम गरी पैसा जोगाएर सामाजिक काममा लगाएको बताए ।
समाजसेवी मोहनकुमार प्रधानले आमा समूहको सक्रियता प्रशंसनीय भएको बताउँदै सबैको एकताबद्ध प्रयासमा यस क्षेत्रको विकासका गतिविधि अघि बढाउन सकिनेमा जोड दिए ।
नेकपा माओवादी केन्द्रका नगर कमिटी सदस्य अर्जुन मल्लले बाढी तथा भूक्षयबाट प्रभावित पोखरा–३२ मा वर्षायाममा आउने पानीको उचित निकास आवश्यक रहेकोमा जोड दिए । समाजसेवी शरणकुमार प्रधानले आमा समूहले गोगन माविमा बनाएको दुईकोठे भवन, घाटमा निर्माण गरेको प्रतिक्षालय आदि अनुकरणीय कार्य भएको स्मरण गरे ।
समाजसेवी शिवजी लामिछानेले सामाजिक गतिविधिमा महिलाहरूको भूमिका महत्वपूर्ण हुँदै आएको धारणा राख्दै परोपकार आमा समूहका कार्यको प्रशंसा गरे ।
समूह अध्यक्ष लक्ष्मी प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव निर्मला भट्टराई ढकालले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा पोखरा रेडिमिक्सका अध्यक्ष नारायण गुरुङ, पूर्व वडा अध्यक्ष प्रकाशचन्द्र पागल लगायतले आमा समूहको कार्यको प्रशंसा गरे । सो अवसरमा मन्दिर तथा भवन निर्माणका सहयोगदातालाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१