पोखरा । पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेल सम्पन्न भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबारीय क्लबस्तरीय टी–२० लिग च्याम्पियनसिपको उद्घाटन खेल सम्पन्न भएको हो ।
सम्पन्न भएको खेलमा पोखरा क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई १५ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको पोखरा क्रिकेट क्लबले २० ओभरमा १२८ रन बनायो । अनील गुरुङले ५८ रन बनाए । उनी अन्तिम ओभरमा क्याच भए । पोखरा क्रिकेट क्लबले ९ विकेटको क्षतिमा १२८ रन बनाउने क्रममा अनीलबाहेक अन्य ब्याटरको योगदान उल्लेख्य देखिएन ।
वाइनकिङ टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसिपमा सांग्रिलाका बलरतर्फ सुदिप पौडेलले ३, राजु तामाङले ३ र विपनि खत्रीले २ विकेट लिएका थिए । १ सय २९ रनको लक्ष्य पछ्याएको सं्राग्रिला क्रिकेट क्लब १९.१ ओभरमा ११३ रनमा समेटियो । १९.१ अोभर खेल्ने क्रममा सांग्रिलाका लागि विराट दवाडीले १६, विपीन खत्रीले १५ र अरुण अधिकारीले १३ रनको योगदान दिए । पोखरा क्रिकेट क्लबका बलर अनीष खड्काले ३ सुवास भण्डारीले २, अनील गुरुङले २ विकेट लिए । प्रतियोगितामा पोखरा क्रिकेट क्लबका अनील गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
संघको नयाँ नेतृत्वपछिको पहिलो कार्यक्रमअन्तर्गत क्लबस्तरीय टी–२० शनिबारीय लिग आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले गरेका थिए । आगामी फागुन १४ गते शनिबार दुई खेल खेलाइने छ । प्रतियोगिता ९ हप्ता चल्ने छ । प्रतियोगितालाई व्यावसायिक संस्था वाइन किङले मुख्य प्रायोजन गरेको छ । फागुन १४ गते अरण्यज्योतिले कास्की क्रिकेट क्लबसँग र राइजिङ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्नेछ । कास्की जिल्ला क्रिकेट संघको अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मण योगी, प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, संघका उपाध्यक्ष दीपेन्द्रप्रताप चन्द लगायतले सम्बोधन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि
पट्नेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन सिफारिस
प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१