गलेश्व । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर ओमिक्रोन सङ्क्रमणका कारण म्याग्दीमा बन्द रहेका सबै क्षेत्र फागुन १ गतेदेखि खुला गरिने भएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आइतबारदेखि नियमित सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) ले जनाएको छ ।
शुक्रबार बसेको डिसिएमसीको बैठकले कोरोनाको जोखिम कायमै रहे पनि लामो समयसम्म बन्दलाई निरन्तरताभन्दा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालनासहित खुल्ला गर्ने निर्णय गरिएको संयोजक एवम् प्रजिअ चिरञ्जीवी रानाले बताउनुभयो । “कोरोनाको जोखिम अझै टरेको छैन्, सेवा सुचारु गरे पनि मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्छ”, प्रजिअ रानाले भन्नुभयो । जिल्लाभित्र खोपको पहुँचमै नपुगेका तथा दोस्रो र बुस्टर डोज नलगाएकालाई अनिवार्य खोप अभियानमा सहभागी हुनसमेत अपिल गरिएको छ ।
त्यस्तै समूहमा खेलिने खेलमा भने क्षमताको जम्मा २५ प्रतिशत मात्रै उपस्थितमा सञ्चालन गर्न पाइने भएको छ । खुल्ला गरिएको क्षेत्रका साथै सरकारी, वित्तीय तथा भीडभाड हुने होटेल, रेष्टुरेन्ट तथा सार्वजनिक क्षेत्रमा सेवा लिन भने सेवाग्राहीले अनिवार्य खोप लगाएको कार्ड देखाउनुपर्ने जनाइएको छ ।
तातोपानी कुण्डमा डुबेर उपचार सेवा लिन पाइने
यसैबीच बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकालाई कुण्डमा स्नान गर्न पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतको सिक्किम राज्यबाट समेत नियमित आउने भएकाले जनस्वास्थ्यको पालनालाई अनिवार्य गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएकाले ३० हजारभन्दा बढी बिरामी वार्षिक रुपमा तातोपानीमा स्नान गर्न आउँछन् ।
Related News
सम्बन्धित समाचार
प्रदेशभरका लाइब्रेरियन पोखरामा
मुख्य न्यायाधिवक्ता शर्माले लिए शपथ
गण्डकीको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त
बजेटको सिद्धान्त र प्राथमिकता : भौगोलिक सन्तुलन मिलाउने प्रतिबद्धता
‘समृद्ध प्रदेशः सुखी प्रदेशवासी’ प्रतिको कटाक्ष स्वीकार्य हुँदैन : अधिकारी
hero news full width
मुख्य समाचार
पोखरामा आजदेखि रोजगार मेला
एमाले पोखराको अधिवेशन सुरु, प्यानलकै प्रतिस्पर्धा
जेठ १९, २०८१आदर्श समाजकर्मी विजयलाई पुरस्कार, फिल्मकर्मी विनोदलाई सम्मान
जेठ १९, २०८१गणेशमान फाउन्डेसनको सम्मान, वर्तमानलाई टेकेर भविष्य हेरौंः पूर्व सभामुख ढुंगाना
जेठ १९, २०८१९० वर्षीय तन्नेरी हंशबहादुर
जेठ १९, २०८१सगरमाथा आरोहणका क्रममा निधन भएका बस्ताकोटीको अन्त्येष्टि
जेठ १८, २०८१