बक्सिङ च्याम्पियनसिप सम्पन्न

आदर्श समाज सम्वाददाता
जेठ १९, २०८१
pokhara Boxing 2

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजनामा पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१ भएको छ । कास्की जिल्ला बक्सिङ संघ व्यवस्थापनमा पोखरा रंगशालास्थित बक्सिङ रिङमा शुक्रबार सो प्रतियोगिता भएको हो । नवौं राष्ट्रिय खेलकुदबाहेक पोखरामा राष्ट्रियस्तरको यो प्रतियोगिता १७ वर्षपछि भएको हो ।

पुरुषतर्फको ५१ केजी तौल समूहमा वागमती प्रदेशका लालप्रसाद उप्रेती च्याम्पियन बने । उनले कर्णालीका लक्ष्मण राईलाई पराजित गरे । महिलातर्फ ४८ केजी तौल समूहमा मधेशकी मनीषा राई प्रथम भइन् । उनले कोशीकी शीला राईलाई पराजित गरिन् ।

पुरुष ५७ केजीमा लुम्बिनीका अनिल पुन मगरले गण्डकीका चन्द्र मगरलाई पराजित गरे । महिला ५० केजीमा बाग्मतीकी रमिसा श्रेष्ठले आर्मीकी लालुमाया खत्रीलाई पराजित गरिन् । पुरुष ६० केजीतर्फ सुदूरपश्चिमका रामबहादुर थापालाई पराजित गर्दै गण्डकीका शिव शिलवाल विजयी भए । महिला ५२ केजीमा सशस्त्र प्रहरीको एपीएफकी सञ्जु थिङसँग गण्डकीकी सोनिया बरुवाल पराजित भइन् ।

पुरुषतर्फको ६३ केजी समूहमा गण्डकीका निश्चल गुरुङले सुदूरपश्चिमका महेन्द्र चन्दलाई पराजित गरे । महिलातर्फ ५७ केजीमा गण्डकीकी प्रियङ्का गुरुङ कोशीकी नारिका गुरुङसँग पराजित भइन् । पुरुष ६७ केजीतर्फ कर्णालीका प्रशांग सुब्बाले गण्डकीका आयुष तामाङलाई पराजित गरे । ७० केजी महिलातर्फ एपीएफकी वीनिता थापा मगरले गण्डकीकी अस्मिता बस्नेतलाई पराजित गरिन् । ७१ केजी पुरुषतर्फ गण्डकीका निशान गुरुङ सुदूरपश्चिमका भरत चन्दसँग पराजित भए । महिलातर्फ ७५ केजीमा कोशीकी शीला महर्जनले गण्डकीकी जोशिका श्रेष्ठलाई पराजित गरिन् । पुरुष ७५ केजी तौल समूहमा बाग्मतीका बिनिस राईलाई पराजित गर्दै गण्डकीका तार्जन घर्तीमगर विजयी भए ।

पुरुष ८० केजीतर्फ बाग्मतीका मनोज तामाङले गण्डकीका हेमकुमार गुरुङलाई र ८६ केजीमा गण्डकीका किरन विकले लुम्बिनीका प्रसन थापालाई पराजित गरे ।
विजेतालाई २० हजार र उपविजेताले १० हजार र पदकद्वारा पुरस्कृत गरिएको कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताए । उत्कृष्ट बक्सर गण्डकीका निश्चल गुरुङ र महिलातर्फ एपीएफकी वीनिता थापामगर घोषित भए ।

विजयीलाई पोखराका मेयर धनराज आचार्य, पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदार, नेपाल बक्सिङ संघ केन्द्रीय अध्यक्ष राम अवाले, उपाध्यक्ष किरण श्रेष्ठ, रामबहादुर गिरी, गणेशबहादुर भट्टराई, महासचिव मानबहादुर भण्डारी, नेपाल बक्सिङ संघ गण्डकी अध्यक्ष विद्याप्रसाद मर्सानी, जिल्ला अध्यक्ष सुमनकुमार श्रेष्ठ, महानगर बक्सिङ संघका सचिव बुद्ध गुभाजु लगायतले पुरस्कार वितरण गरेका थिए । महिलातर्फ १२ र पुरुषतर्फ १८ गरी ३० जनाले भाग लिएका थिए ।

प्रतियोगिता उद्घाटन गर्दै मेयर आचार्यले खेलकुद माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने बताएका थिए । उनले पोखरामा राष्ट्रियस्तरको प्रतियोगिताले खेलसँगसँगै यहाँको पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

बक्सिङ महासंघ उपाध्यक्ष तथा पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल गतिविधिले स्तरीय खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा महासचिव मानबहादुर भण्डारी पनि बोलेका थिए ।

सो अवसरमा बक्सिङ खेल विकासमा योगदान गरेकोमा ओलम्पियन रामसिंह थापा, सु.मे.क्या. लोकबहादुर गुरुङ, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • प्याब्सन स्पोर्टस् मिटको आज समापन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । प्याब्सन कास्कीको आयोजनामा पोखरामा जारी १८ औं प्याब्सन स्पोर्टस् मिटको आइतबार समापन हुँदैछ । पोखरा रंगशालामा दिउँसो गण्डकी…
  • एनप्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । एन–प्याब्सन कास्कीको आयोजनामा ५ किमी सडक दौडमा छात्रतर्फ सिद्धार्थ लवडेल बोर्डिङका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिक सेकेण्डरीकी…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width