पोखरा । गणतन्त्र दिवसको सन्दर्भ पारेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएका व्यक्तित्वलाई गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशले सम्मान गरेको छ । सम्मानित हुनेमा मनाङका कोमलबहादुर घले, बागलुङका गोविन्दप्रसाद शर्मा कँडेल, स्याङ्जाका तारापति सुवेदी, कास्कीका पुलेन्द्रमान श्रेष्ठ र तनहुँका लेखबहादुर थापा छन् ।
उनीहरुलाई पूर्व सभामुख दमननाथ ढुंगाना, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा लगायतका नेताहरुले कदर–पत्रका साथ दोसल्ला ओढाइ सम्मान गरेका हुन् ।
पूर्व सभामुख ढुंगानाले वर्तमानमा टेकेर भविष्य निर्धारण गर्नुपर्ने बेला आएको बताए । उनले २००७ सालदेखिको इतिहासले मात्र कांग्रेस सबल भएर जान नसक्ने भन्दै अबको लडाइँ साम्यवादी चरित्र भएका कम्युनिस्टसँग रहेको बताए । प्रधानमन्त्री बन्ने होडमा मात्रै नभई देश बनाउने दल र नेताको खाँचो रहेको बताए । कम्युनिस्ट र प्रजातन्त्रवादी बीच सधै अन्तरविरोध हुने भएकाले आजको संकट निम्तिएको उल्लेख गरे । विपि र गणेशमानको राष्ट्रिय मेलमिलापको नीति लिएर भएपनि कम्युनिस्टहरुलाई समेटेर लानुपर्ने उनको भनाइ थियो ।
उनले प्रधानमन्त्री प्रचण्डतर्फ लक्ष्य गर्दै प्रधानमन्त्री जस्तो व्यक्तिले सँधै उथल पार्छु भन्ने अभिव्यक्तिले मुलुकलाई झनै अस्थिरतातर्फ लगेको भन्दै चिन्ता व्यक्त गरे । मुलुकमा टिआरसी विद्येयक टुंगो लगाउनुपर्ने अवस्थामा कम्युनिस्टहरु जिम्मेवार नभएको बताए । उनले राजनीति पार्टी र दलका नेताहरु भ्रष्टचारमा चुर्लुम्म डुबेकाले यस्तो फोहोरलाई सफा गरेर लैजानुपर्नेमा जोड दिए । युवाहरु विदेश पलायन भइरहेको अवस्थामा मुलुकले दीर्घकालीन रुपमा ठूलो चुनौतीको सामना गर्नुपर्ने समेत भन्दै राष्ट्रिय एकताको बाटोमा सबै दल लाग्न प्रेरित हुनुपर्ने बताए ।
कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटले बिपी र गणेशमानको मार्ग छोड्दै जाँदा कांग्रेसमा संकट आएको बताए । कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने विचार राखे ।
त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानसभाबाट ल्याएको संविधानलाई पार्टीहरुकै कारणले खतरा भएको बताए । उनले न्यायिक सर्वोच्चता र न्यायिक मर्यादाको बारेमा चुनौती आएकोमा चिन्ता व्यक्त गरे ।
गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशका अध्यक्ष दुर्गा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस केन्द्रीय सदस्य शारदा पौडेल, गुरु बराल, सम्मानित व्यक्तित्व लेखबहादुर थापा, सदस्य मोहन गुरुङ, सचिव कुमार राना लगायतले गणेशमान सिंहको व्यक्तित्व र कांग्रेसका बारेमा भनाइ राखेका थिए ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१