पोखरा । अन्नपूर्ण गाउँपालिका–६, लुम्लेस्थित संगम माध्यमिक विद्यालयको अध्यक्षमा चित्रबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् ।
शुक्रवार बसेको अभिभावक भेलाले पूर्व वडाध्यक्ष समेत रहेका गुरुङको अध्यक्षतामा समिति चयन गरेको हो । जसका सदस्यहरूमा गणेशबहादुर जिसी, दिनेशकुमार जिसी, पार्वती देवकोटा, शकुन्तला देवकोटा र मनु विक छन् ।
वडाध्यक्ष एकदेव देवकोटा पदेन सदस्य, टंकप्रसाद देवकोटा शिक्षक प्रतिनिधि तथा सदस्य सचिवमा प्रधानाध्यापक रीता खनाल देवकोटा चयन भए । भेलाले नवराज पौडेलको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै शिक्षा अधिकृत बलराम भुगाईंले समिति गठनका नियमबारे प्रकाश पार्दै समितिको एक मात्रै ध्यान शैक्षिक गुणस्तर वृद्धि हुनुपर्नेमा जोड दिए । उनले विद्यालयका जुनसुकै आवश्यकता पूरा गर्न पालिका तयार रहेको स्पष्ट पारे ।
गाउँपालिका प्रवक्तासमेत रहेका अन्नपूर्ण ७ का अध्यक्ष भरतमान गुरुङले विद्यालयलाई जोगाइराख्न लुम्ले स्थानान्तरण गरिएको स्पष्ट पार्दै सबैको साथ सहयोगबाट विद्यालय सञ्चालन हुने विश्वास लिए ।
नव गठित समितिका अध्यक्ष गुरुङले शैक्षिक गुणस्तर वृद्धिका लागि समिति अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्दै इमानदारीपूर्वक शैक्षिक क्रियाकलापमा होमिन शिक्षकलाई सुझाव दिए ।
विद्यालयका अध्यक्ष नवीन गुरुङको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक टंकप्रसाद देवकोटाले सञ्चालन गरे ।
उक्त विद्यालयमा गत वर्षमात्रै निजी स्तरको फ्युचर स्टार आधारभूत विद्यालय तथा केही महिना अघि मात्रै सिद्ध आधारभूत विद्यालय मर्ज भएका छन् । विद्यालयलाई भने चन्द्रकोटबाट लुम्लेस्थित साविक सिद्ध आधारभूत विद्यालयमा सारिएको छ । त्यहाँ हाल कुल २ सय ७० विद्यार्थी अध्ययनरत छन् ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडलको टिमको वर्चश्व
विद्यालय खेलकुद महासंघमा कृष्ण
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१