एमाले पोखराको अधिवेशन सुरु, प्यानलकै प्रतिस्पर्धा

आदर्श समाज सम्वाददाता
जेठ १९, २०८१
Pokhara mahanagar

पोखरा । नेकपा एमालेको पोखरा महानगर कमिटी दोस्रो अधिवेशन शनिबारदेखि सुरु भएको छ । अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरे । उनले एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा जुट्न नेता कार्यकर्तालाई अपिल गरे । ‘तल्लो तहबाटै पार्टीलाई व्यवस्थित गर्ने हो । आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्नुपर्छ,’ उनले भने, ‘बहुमत नल्याउँदासम्म स्थिर सरकार र राजनीतिक स्थायित्व कायम गर्न सकिन्न ।’ उनले भ्रष्टाचार गर्ने र नैतिक आचारण ठीक नभएका व्यक्ति एमाले हुन नसक्ने पोखरेलले बताए ।

अधिवेशनले नयाँ कमिटी निर्वाचित गर्नेछन् । नयाँ कमिटिमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना निकै कम रहेको प्रतिनिधि बताउँछन् । महानगरमा पनि केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको गुटगत प्रतिस्पर्धा लगभग पक्का छ । गुरुङको गुटबाट अध्यक्षमा दीपक पौडेल उम्मेद्वार हुने पक्का छ । यस्तै, उपाध्यक्षमा मोहन गुरुङ सचिवमा दिनेशबाबु खड्का तथा उपसचिवमा किरण गौतम र लालबहादुर राना उम्मेद्वार हुने बुझिएको छ । पौडेल यसअघि पोखरा महानगरकै मेयरको टिकट पाएर पनि खोसिएका व्यक्ति हुन् । उनलाई एमालेले राष्ट्रियसभा सदस्य उम्मेद्वार बनाउने चर्चा थियो । यद्यपि उनी उम्मेद्वार हुन पाएनन् ।

एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा जुट्न पार्टी केन्द्रीय वरिष्ठ उपाध्यक्ष पोखरेलको आग्रह

अधिकारी गुटबाट हालका सचिव जीवन आचार्य अध्यक्षका उम्मेद्वार हुन् । उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत तथा सहसचिवमा विष्णु गौतम र हरिमाया विश्वकर्मा उम्मेद्वार हुने निश्चित जस्तै छ । सचिवमा स्वतन्त्र रुपमा लक्ष्मण तिमिल्सिनाले पनि उम्मेद्वारी दिने चर्चा छ । दुवै टिमले उम्मेद्वार सार्वजनिक गरिसकेका छैनन् । यद्यपि आन्तरिक तयारी भने गरिरहेका छन् । अध्यक्षका दाबेदार आचार्य यसअघि पोखरा महानगर १६ नम्बर वडाका अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् ।

‘सर्वसम्मत् हुने सम्भावना न्यून छ । शनिबार रातभरमा सर्वसम्मत् नभए आइतबारदेखि निर्वाचन प्रक्रिया अघि बढ्छ,’ एक नेताले भने । अधिवेशन अन्तर्गत आर्थिक, राजनीतिक र सांगठानिक प्रतिवेदन सभामा प्रस्तुत भएको छ । यस्तै, अध्यक्ष मण्डल समेत गठन भैसकेको छ । कृष्ण थापाको अध्यक्षतामा बनेको समितिको सदस्यमा मञ्जुदेवी गुरुङ, दानबहादुर बानियाँ र वैनहादुर अधिकारी क्षत्री सदस्य छन् । यसअघि कास्कीको निर्वाचनमा अधिकारी गुटले क्लिन स्वीप गरेको थियो । सोही नतिजा दोहो¥याउने दाउमा अधिकारी समूह लागेको छ । यद्यपि गुरुङ पक्ष पनि निर्वाचनमा आफ्नो पक्ष बलियो रहेको दाबी गरिरहेको छ ।

अधिवेशनका लागि आयोजक कमिटीका १ सय १६, सदस्यीय सल्लाहकार समिति ४८ जना, वडा कमिटी २ सय ९६ ,जनवर्गीय संगठनबाट ३७ सहित ४ सय ९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव १÷१ जना तथा उपसचिव २ जना निर्वाचित हुनेछन् । ५ पदाधिकारी र ९६ जना सदस्य निर्वाचिन हुने निर्वाचन कमिटीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width