गण्डकीको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त

आदर्श समाज सम्वाददाता
जेठ १८, २०८१
chief attorney

पोखरा । गण्डकीका मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । उनी यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ता थिए । शर्मा गण्डकीका छैटौं मुख्य न्यायाधिवक्ता हुन् । उनको शपथ आजै दिउँसो हुँदै छ ।

पृथ्वीसुब्बा गुरुङले लमजुङका राजेन्द्र घिमिरे, कृष्णचन्द्र नेपालीले कास्कीका रोहितराज बास्तोला र खगराज अधिकारले कास्कीका श्रीकान्त बराललाई मुख्य न्यायाधिवक्ता बनाएका थिए । त्यसपछि सुरेन्द्रराज पाण्डेले शर्मालाई र खगराज अधिकारीले लमजुङका एमाले नेता कृष्ण अधिकारीलाई मुख्य न्यायाधिवक्ता बनाएका थिए ।

बेनी नगरपालिकाका १० का स्थायी बासिन्दा शर्मा २०४८ देखि कानुन व्यवसायमा आबद्ध छन् । शिक्षण पेसामा समेत आबद्ध रहेका शर्मा गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर पदको उम्मेदवार थिए । उनी एमालेका सुरत केसीसँग पराजित भएका थिए । बिएल, बिएडका साथै उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । म्याग्दीको महेन्द्र माविमा २ वर्ष प्रअ रहेका उनले झण्डै १८ वर्ष म्याग्दी बहुमुखी कलेजमा पढाए । उनले राजनीतिशास्त्र र बिजनेस ल विषय पढाएका थिए । शर्मा म्याग्दी जिल्ला बारका पूर्व अध्यक्ष हुन् ।

प्रदेशभर क्षमतावान कानुन व्यवसायीबीचबाट मुख्यमन्त्रीले विश्वास गरेर आफूलाई नियुक्त गरेकामा धन्यवाद् दिँदै उनले कर्तव्यनिष्ठ भएर कानुनको अधिनमा रही जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता शर्माले जनाए । मुख्य न्यायाधिवक्ताले उच्च अदालतका न्यायाधीश सरह सेवा, सुविधा पाउँछन् । मुख्य न्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो ।

Related News

सम्बन्धित समाचार

hero news full width