रक्तसञ्चार केन्द्रलाई गौरीशंकरको सहयोग

आदर्श समाज सम्वाददाता
माघ २७, २०७८
blood gauri~

हेमजा । गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिकोेत्सव अवसरमा रेडक्रस सोसाइटी कास्की शाखालाई रक्त सञ्चार केन्द्रको भवन निर्माणार्थ २५ हजार सहयोग गरेको छ ।
सहकारी अध्यक्ष केशवशरण पौडेलले सो रकम बराबरको चेक रेडक्रस कास्की शाखा सभापति डण्डिराज शर्मालाई हस्तान्तरण गरेका हुन् ।
हेमजा बालविकास केन्द्रका बालबालिका लागि अतिरिक्त क्रियाकलाप साथै बसाइँका सामान अध्यक्ष तारा विकलाई पनि प्रदान गरिएको छ । कार्यक्रममा रेडक्रस सभापति डण्डिराज शर्मा, संस्थाका सल्लाहकारद्वय डबलबहादुर कुँवर र रुद्रनाथ पौडेलले शुभकामना मन्तब्य राख्दै गौरीशंकर सहकारी जिल्लाकै नमुना सहकारीका रुपमा चिनिंदै जानु सुखद भएको औल्याए ।
सहकारी अध्यक्ष केशवशरण पौडलले सहयोगी सबैप्रति आभार प्रकट गर्दै सहकारीका आगामी योजना तथा रणनीति प्रस्तुत गरे । संस्थाका कार्यकारी अधिकृत डम्बरसिंह बस्नेतले सहकारीको आर्थिक तथा व्यवस्थापकीय गतिविधिबारे स्पष्ट पारे ।
संस्थामा हाल ६ हजार ३ सय ५५ सेयर सदस्य छन् । त्यस्तै, १३ करोड ८२ लाख ३८ हजार ४ सय सेयर रकम, ९ करोड ९० लाख ९ हजार ५५ संस्थागत पुँजी, १ अर्ब ४ करोड ६७ लाख ६० हजार ६ सय ४६ बचत हिसाब छ । त्यस्तै, संस्थाले १ अर्ब ११ करोड १५ लाख ६९ हजार ९ सय ९२ ऋण लगानी पनि गरिसकेको जनाएको छ ।
सहकारी अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष खड्कबहादुर कार्कीले स्वागत र सचिव घनश्याम तिम्सिनाले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width