कर्णाली । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले खोप लगाउनुपर्ने उमेर समूहका विद्यार्थीलाई तत्काल खोपको प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी रिजालले कोभिड १९ को नयाँ भेरियन्टको प्रभाव बढ्दै गएको अवस्थामा विभिन्न कार्यालयबाट सेवा प्रवाह गर्दा हाल लागु गरिएको आलोपालो र बार प्रणाली हटाइ पूर्ववत रुपमा सेवा प्रवाह गर्ने र जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गराउन सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिने बताउनुभयो । बैठकले वीरेन्द्रनगरस्थित सबै किसिमका पार्कहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै खुला राख्ने निर्णय गरेको छ । कोभिडको नयाँ भेरियन्टको प्रभाव बढ्न थालेपछि यहाँका बुलबुले उद्यान, सहिद पार्क लगायतमा प्रवेश रोक लगाइएको थियो ।
Related News
सम्बन्धित समाचार
पेन्सन क्याम्पमा भारतको गणतन्त्र दिवस
मुक्तिनाथमा नेपाली सेनाले बनायो दर्शनार्थीमैत्री विश्रामस्थल
गण्डकीमा पहिलो पञ्चवर्षीय योजना असफल, दोस्रोको तयारी
गण्डकी संसद : मुख्यमन्त्रीसँग प्रश्नोत्तर
कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१