‘योना हाउले होई’ कविता उत्कृष्ट

आदर्श समाज सम्वाददाता
माघ २५, २०७८
tamang ~2

पोखरा । कोकोम्हेन्दो साहित्य समाज पोखराले आयोजना गरेको प्रथम तामाङ मातृभाषा खुला (व्हाईखा) कविता प्रतियोगिताको उपाधि हिरामायाको ‘योना हाउले होई’ (छिटो आउनु है) उत्कृष्ट भएको छ ।
सोनाम ल्होसार अवसरमा तामाङ मौलिक लोक संस्कृतिको उजागर गर्ने उद्देश्यसहित आयोजित सो प्रतियोगितामा काभ्रेकै रचना मोक्तान ‘यात्री’ को ‘छ्योर्तेन’ (स्मारक¬) कविता दोस्रो भयो । बाराका माधव खतिवडाको ‘व्हाईखा ल्हो ल्हो’ ¬(कविता जस्तै–जस्तै¬) र ललितपुरका बुद्धराम थिङको ‘टिगा ए तामाङ हिन्ना ?’ (के तिमी तामाङ हांै ?) शीर्षकका रचना तेस्रो भएको प्रतियोगिता संयोजक दीपक तामाङले जानकारी दिए । रामेछापका उदयबहादुर लामाको ‘उन्मा’ (उहिले) र सिन्धुलीका रुपक जमरा घलानको ‘ङाला रिमठिम’ (मेरो रीतिरिवाज) सान्त्वना भए । प्रतियोगितामा १४ रचना समावेश थिए ।
निर्णायक समिति संयोजक लेखक तथा साहित्यकार तीर्थ तामाङ तथा सदस्यमा मीनमाया तामाङ र दीपक तामाङ थिए । विजयीलाई पोखरामा एक कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण गरिने संयोजक तामाङले बताए । ‘हामीले सोसल साइटमार्फत देशका विभिन्न जिल्ला र विदेशबाट प्रतिभा संकलन र छनौट ग¥यौं,’ उनले भने, ‘अहिले नतिजामात्रै प्रकाशन गरेका छांै । कोरोनाको महामारी केही कम भएपछि पोखरामै भव्य कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण गर्नेछौं ।’ विजयीलाई क्रमशः १० हजार, ८ हजार, ६ हजार र ३ हजार प्रदान गरिने छ । प्रतियोगितामा काभ्रे, बारा, ललितपुर, सिन्धुली, कास्की, लमजुङ, चितवनलगायत जिल्लासँगै अमेरिकाबाट समेत रचना पठाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width