पोखरा । गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अगुवाइमा प्रदेशस्तरीय सुख्खा बन्दरगाह निर्माण हुने भएको छ ।
मन्त्रालयका उद्योग तथा आपूर्ति महाशाखा प्रमुख रामप्रसाद आचार्यको नेतृत्वमा सोमबार लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयसहितको टोलीले पोखरा ३२ मा रहेको प्रगतिशिल महिला सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत नेपाल सरकारको नाममा रहेको करिब ५ सय रोपनीमा बन्दरगाह निर्माणको लागि सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाउन स्थलगत निरीक्षण गरेको हो ।
प्रदेश सरकारको पहलमा संघीय संरचनाअनुसार यस प्रदेशको उत्तरी नाका कोरोला तथा दक्षिणी नाका सुस्ता क्षेत्रको विकास गरी आयात तथा निर्यात प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्य साथ पहिलो पटक सुख्खा बन्दरगाह निर्माण गर्न सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाइएको जनाइएको छ ।
सम्भाव्यता अध्ययन टोलीमा मन्त्रालयका भरतराज बराल, पोखरा महानगरपालिकाका इन्जिनियर महेन्द्र गोदार, प्रदेश उद्योग मन्त्रीका स्वकीय सचिव नवीन बिक, पोखरा उद्योग बाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्वितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, महासचिव उपेन्द्रराज सुवेदी (राजु) लगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
लेउवा संघमा वालिङ उद्योग वाणिज्य संघको टोली
गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत
निर्माण व्यवसायी संघ स्याङ्जामा अर्जुन
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
hero news full width
मुख्य समाचार
कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
वैशाख ३१, २०८१जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१