एनप्याव्सनको स्थापना दिवसमा सम्मान

आदर्श समाज सम्वाददाता
पौष २८, २०७८
npabson~

पोखरा। नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रम आयोजना गरी २४ औं स्थापना दिवस मनाएको छ ।

संस्थाले कास्कीमा पहिलो संस्थागत विद्यालय स्थापना गरी शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका शिक्षाविद् विकल शेरचनलाई सम्मान गरेको छ । साथै एनप्याव्सन कास्कीमा ८ वर्षदेखि निरन्तर कार्यालय सचिव भइ काम गरेका कार्यालयसचिवको सम्मानसहित बिदाइ गरेको छ ।
यस्तै, एनप्याव्सनमा आवद्ध विद्यालय हिल साइड इङ्लिस स्कुल, होली माउन्ट इङुलिस स्कुल, शान्ति बाटिका र इम्मानुयल स्कुललाई सम्मान गरिएको संस्थाका प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिए ।

हिलसाइडका संस्थापक प्रिन्सिपल लीलाप्रसाद पराजुली, होली माउन्टका संस्थापक प्रिन्सिपल चोलाकान्त न्यौपाने, शान्तिबाटिकाका संस्थापक प्रिन्सिपल पितृराज अधिकारी, इम्मानुयलका संस्थापक प्रिन्सिपल एमवि कार्कीलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठले संस्थागत विद्यालयको योगदानलाई सम्मान गर्नुपर्ने बताए । निष्पक्ष, स्वच्छ, इमानदार र कर्तव्यनिष्ठ भई विद्यालय सञ्चालन गर्न उनले विद्यालय संचालकलाई सुझाव दिए । पछिल्लो समय मान्छेले काम नपाउने र कामले मान्छे नपाउने स्थिति भएकोकोले अब गुणस्तरसँगै प्राविधिक शिक्षामा जोड दिनुपर्ने उल्लेख गरे ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले संस्थागत विद्यालयको पेशा र सेवा दुवै जोडिने भएकोले संस्थागत विद्यालयका सञ्चालकले लगानीको चिन्ता लिनु नपर्ने बताए ।

पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य विकासका निम्ति हुने द्वन्द्व नेगेटिभ रुपमा लिन नहुने प्रष्ट पारे ।
कार्यक्रममा एन प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष याम खड्का, केन्द्रीय सदस्य राम थापा, केन्द्रीय सदस्य रामबहादुर मोची, शिक्षाविद् विकल शेरचन, हिसान कास्कीका अध्यक्ष याम रोक्का प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले बोलेका थिए ।

एन प्याव्सन कास्की अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बमबहादुर गुरुङ चयन भए । विद्यालयमा…
  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…

hero news full width