काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९।४३ अङ्कले उकालो लागेर दुई हजार ७८४.९५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१६ ले बढेर ५२२.५३ मा पुगेको छ ।
कूल २३६ कम्पनीको एक करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर रु सात अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ मूल्यमा कारोबार भयो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ३४ अर्ब २८ करोड २४ लाख ५० हजार बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १५.२८, होटल तथा पर्यटन ३७.७१ र उत्पादन ४७.७८ ले ओरालो लागेको छ । व्यापार ५७.११, विकास बैंक ३७.५८, जलविद्युत् ४०.७९, वित्त ७८.०९, निर्जीवन बीमा १९०.६५, अन्य ११३.४, लघुवित्त १२.२५, जीवन बीमा २१८.२, सामूहिक लगानी कोष ०.२२ र लगानी ०.९४ अङ्कले उकालो लागेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २२ करोड ७७ लाख ४० हजार ९१७ बराबरको कारोबार भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण रु २१ करोड ८२ लाख ८४ हजार, एचआइडिसिएल रु २१ करोड तीन लाख ७४ हजार ६६४, अपि पावर कम्पनी रु १९ करोड २८ लाख १४ हजार ६९७ र नेशनल हाइड्रोपावर रु १८ करोड ९४ लाख ४६ हजार २१८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार मध्यभोटेकोशी जलविद्युत् कम्पनी र युनियन हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक ९.९८, खानीखोला हाइड्रोपावर ८.२० र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ८.०५ प्रतिशतले कमाए । प्रभु सेलेक्ट फण्ड ३.१७, चन्द्रागिरि हिल्स २.९९, कुमारी बैंक २.४२, नेपाल बङ्गलादेश बैंक २.३५ र सेञ्चुरी बैंकका लगानीकर्ताले २.२८ प्रतिशतले गुमाए ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१