पेन्सन क्याम्पमा स्वास्थ्य शिविर हुने

आदर्श समाज सम्वाददाता
पौष २६, २०७८
health camp rambazars

पोखरा । भारतीय राजदुताबास पेन्सन वितरण कार्यालय पोखराले सोमबार रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर सञ्चाल गर्ने भएको छ । भारतको ७५ औं स्वतन्त्रता दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गर्न लागेको कार्यालयले जनाएको हो ।
भारतीय राजदुताबास पोखराले समाजमा भई परी आउने सामाजिक कार्य धेरै गरेको भए पनि रक्तदान कार्यक्रम पहिलो पटक गर्न लागेको जनाएको छ ।
भारतीय पेन्सन क्याम्पभित्रै आयोजना हुने कार्यक्रममा निशुल्क स्वास्थ्य परीक्षण, मुख र दाँत परीक्षण, रक्तअल्पता, क्यान्सर र स्वास्थ्य जीवनयापनको लागि जीवनशैली सम्बन्धी सचेतना कार्यक्रमसमेत रहने छ ।
भारतीय पेन्सन क्याम्प पोखरामा रहेका अनुभवी चिकित्सकहरुले बिमारीको स्वास्थ्य परीक्षण गर्नेछ । बिरामीलाई आवश्यक पर्ने औषधी निशुल्क वितरण गरिने कार्यालयले जनाएको छ ।
रक्तदान एवं निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा पेन्सनरको साथै सर्वसाधारणले पनि सेवा लिन सक्नेछ । सोही दिन आयोजना हुने रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखराको प्राविधिक सहयोग रहनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width