पोखरा । नेकपा एमालेको १० औं जिल्ला अधिवेशनअन्तर्गत सोमबार मतदानको कार्यतालिका छ । सहमतिको लामो प्रयास असफल भएपछि अन्ततः मतदानमा धकेलिएको हो । एमालेको कास्की नेतृत्व हाँक्न २ जनाले मनोनयन दर्ता गराएका छन् । कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर बैरागीले उम्मेदवारी दिए । उनीहरु आफू उम्मेदवार बनेकामात्रै छैनन्, आफ्नो छुट्टाछुटै प्यानल खडा गरेका छन् ।
उपाध्यक्षमा बैरागी प्यानलमा प्रभा कोइराला र गुरुङ प्यानलबाट तेजनारायण अधिकारीले मनोनयन दर्ता गरेका छन् । यस्तै, सचिवमा गुरुङ प्यानलबाट विष्ण केसी र बैरागी प्यानलबाट बैनबहादुर अधिकारी क्षेत्री तथा सहसचिवमा २/२ जनाको उम्मेदवारी परेको छ ।
बैरागी प्यानलबाट नवराज ओझा र लेखबहादुर तामाङ (दर्शन लामा) तथा गुरुङ प्यानलबाट इमानराज पौडेल र सुनमाया भुजेलको उम्मेदवारी परेको निर्वाचन कमिटिले जनाएको छ । जिल्ला सदस्यमा मादी र रुपा गाउँपालिकाबाट सर्वसम्मत चयन भएको छ । केन्द्रमा सबै अध्यक्ष केपी ओली गुटका भए पनि प्रदेश तहमा उनीहरु विभाजित छन् । गुरुङ पृथ्वीसुब्बा गुरुङको प्यानललाई हाँकिरहेका छन् भने बैरागीले खगराज अधिकारीको समूहलाई नेतृत्व गरेका छन् ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१