सुजन बने प्रदेशस्तरीय आर्चरी च्याम्पियन

आदर्श समाज सम्वाददाता
पौष २५, २०७८
archery (2)

पोखरा । गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगितामा म्याग्दीका सुजन पुन च्याम्पियन बने । शनिबार म्याग्दीकै उमेश तिलिजालाई फाइनल सेट प्वाइन्ट ६–२ अंकले पराजित गर्दै उनी च्याम्पियनसहित २५ हजार पुरस्कार प्राप्त गर्न सफल भए । उपविजेता उमेशले २० हजार पुरस्कार पाए । अघिल्लो दिनको र्‍याङकिङ राउण्डमा २ सय ७७ अंक हान्दै सुजन नकाउट चरण प्रवेश गरेका थिए । नकाउट चरणमा पनि उनले उत्कृष्ट प्रदर्शन गरे ।
कास्की जिल्ला आर्चरी संघको आयोजनामा स्टाण्डर्डतर्फ भएको प्रतियोगितामा ६६ खेलाडीले भाग लिएका थिए । तीमध्ये म्याग्दीका राजु खोर्जा पुले कास्कीका पूर्ण गौचनलाई ७–१ को सेट प्वाइन्टले पराजित गर्दै तेस्रो भए । उनले १५ हजार पाएन भने चौथो बनेका गौचनले १० हजार रुपैयाँ प्राप्त गरे ।
६० वर्षमाथिको भेट्रान्सतर्फको प्रतिस्पर्धामा मार्फा थकाली समाजका हिरामान लालचनले २ सय ३३ अंक जोड्दै प्रथम भए । तीनगाउँले थकाली समाजका बुद्धि थकाली २ सय २५ अंकसहित दोस्रो स्थानमा रहँदा मनाङ समाजका छोर्तेन गुरुङ २ सय २३ अंकसहित तृतीय भए । भेट्रान्सतर्फको प्रतिस्पर्धामा ७ खेलाडीले निशाना लगाएका थिए ।

नवौं राष्ट्रिय खेलकुदका लागि ४ सेमिफाइनलिष्टसहित १६ जनालाई बन्द प्रशिक्षणमा राखिनेछ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गर्दै २ दिनसम्म चलेको प्रतियोगितामा ४ सेमिफाइनलिष्टसँगै १२ गरी १६ जनालाई बन्द प्रशिक्षणमा राखिने संघ अध्यक्ष योगन्द्र शेरचनले बताए । प्रतियोगिता संयोजक वसन्त गौचन (साकुरा) का अनुसार श्याम गुरुङ, प्रदीप पुर्जा, सुविन्द्र गौचन, चोचाङ फगामी, रविन थापा, निशान तुलाचन, प्रकाश घर्ती, उदयकुमार बुढाथोकी, महेश पुर्जा, अम्रिस पुन, भूपेन्द्र घर्ती र दुर्गा घर्तीलाई प्रारम्भिक छनोट गरिएको छ ।
प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङका गरी ६९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेतालाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ, नेपाल आर्चरी संघका उपाध्यक्ष वसन्त थकाली, अन्नपूर्ण आर्चरी क्लबका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन लगायतले पुरस्कार हस्तान्तरण गरे ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरीमा पाँचौ संस्करणबाट समावेश भएको हो । त्यसयता गण्डकी प्रदेश निरन्तर च्याम्पियन बन्दै आएको छ । आठौं संस्करणमा गण्डकीले १२ पटक जितेको थियो । तीमध्ये ५ स्वर्ण, ४ रजत र ३ कास्की हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै