काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि १२ बजेदेखि मतदान सुरु भएकाे छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चुन्न शनिबार बिहान ८ बजे हुने भनिएकाे मतदान भृकुटीमण्डपमा १२ बजेदेखि सुरु भएको हो । मतदान साँझ पाँच बजेसम्म सक्ने कार्यतालिका छ ।
पूर्वनिर्धारित समयमै मतदान सुरु हुने आशमा प्रतिनिधिहरु बिहान ७ बजेदेखि नै लाइनमा बसेका थिए तर मतदान सुरु नहुँदा भोकभोकै लाइनमा बस्नुपरेको गुनासो कतिपय प्रतिनिधिहरुले गरेका छन् । अध्यक्ष पदमा विद्युतीय मेसिन र अन्य पदमा मतपत्र प्रयोग गरिएको छ । अध्यक्ष पदका प्रत्यासीद्वय कमल थापा र राजेन्द्र लिङ्देनले सुरुमा मतदान गरेर निर्वाचन सुरु गरे ।
राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ । समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् । साथै ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि ८ जना र एक महिलासहित ३ महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१