पोखरा, १५ मंसिर । कोरोना भाइरसको नयाँ ‘भेरियन्ट ओमिक्रोन’ त्रासका कारण हिमालपारिको जिल्ला मुस्ताङ प्रवेशमा कडाइ थालिएको छ । कोरोना संक्रमणको अवस्था विस्तारै बढ्न थालेको भन्दै नयाँ भेरियन्ट भित्रिन नदिन प्रवेशमा कडाइ थालिएको हो ।
मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गइरहेकाले पुनसंक्रमण बढ्ने तथा नयाँ भेरिएन्ट भित्रिन सक्ने जोखिमका कारण जिल्ला प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
उनका अनुसार बुधबार राति १२ बजेदेखि मंसिर २९ गते राति १२ बजेसम्म लागू हुने गरी विशेषगरी पर्यटकका लागि सात दिनभित्रको पिसिआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई जिल्ला प्रवेशमा कडाइ गर्न लागिएको हो । यद्यपि मुस्ताङमा स्थायी बसोबास गर्दै आएका तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।
‘मंसिर २९ सम्म कडाइबाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापमा पनि कडाइ गर्दै आदेश जारी भएको छ,’ प्रजिअ शर्माले भने, ‘नेपाल भित्रिएका बाह्य पर्यटक तथा आन्तरिक पर्यटक एकपटक मुस्ताङ पुगेर आउने सोच राखेका हुन्छन् । अहिले विभिन्न देशमा नयाँ भेरियन्ट फैलिंदै गएका बेलामा पर्यटकका माध्यमबाट मुस्ताङसम्म पुग्न सक्ने जोखिमका कारण कडाइ गरिएको हो।’
जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिकस्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार लगायतका भिडभाड हुने खालका कार्यक्रम नगर्न आदेश दिएको छ । यस्तै विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायतका अनिवार्य कार्य गर्नुपरेमा बढीमा २५ जनाभन्दा भेला हुन नपाउने भनिएको छ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१