नेकपा एमालेको १० औं महाधिवेशन आज चितवनमा भव्यताका साथ सुरु हुन गइरहेको छ । मंसिर १२ सम्म हुने महाधिवेशन भव्य बनाउन एमालेले सम्भव भएजति सबै प्रयास गरिरहेको छ । महाधिवेशनस्थलमा ‘सेल्फी’ खिच्ने ठाउँसमेत बनाएको छ । पार्टीको केही महिनापहिले भएको विधान अधिवेशनपछिको यो सबैभन्दा ठूलो जमघट हो । पार्टीले उद्घाटन समारोहमा ५ लाख मानिस उतार्ने घोषणा गरेको छ । पार्टीको लागि यो विशेष अधिवेशन हो । पार्टीका शीर्षनेता माधवकुमार नेपाल, झलनाथ खनालहरु टुक्रिएर गएपछिको महाधिवेशन भएकोले पनि यसलाई के कसरी हुन्छ पूर्ण सफल बनाउने नेता एवं कार्यकर्ताहरुको प्रयास रहेको छ ।
पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीमा सबै एक ढिक्का भएको देखाउन सबै पदको चुनाव सहमतिबाट चुनाव गर्ने प्रयास गरेका हुन् । उनी तल्लो तहका पदमा सहमतिमा निर्वाचित गराउन सफल भएका थिए । तर केन्द्रीयस्तरमा त्यसो हुन सकेन । सुरुमा नेताहरु सबै उनको मुख ताकेर तथा आफ्नो आकांक्षालाई दबाएर राखेका थिए । तर जब पार्टी उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको प्रत्यासी बन्ने घोषणा गरे, तब अन्य नेताहरुले पनि आफ्नो आकांक्षा व्यक्त गर्दै विभिन्न पदमा उम्मेदवार हुने घोषणा गरेका छन् । सहमतिको राजनीति तोडिएको छ । महाधिवेशन अवधिमा अरु कुनै चमत्कार भएन भने चुनाव हुने निश्चित छ । सहमति भएमा नेकपा (माओवादी केन्द्र) बाट एमालेमा आएका नेताहरुलाई व्यवस्थापन गर्न सजिलो हुने थियो भने अब त्यसमा केही गाह्रो हुने देखिन्छ । संशोधित विधानले वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको छ भने केन्द्रीय पदाधिकारीको संख्या १५ पु¥याएको छ । पुराना र पहिले पदाधिकारी भएकाहरु अधिवेशनको ध्यान तिनै पदमा केन्द्रित भएको छ । उनीहरु आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम जारी राखेका छन् । स्वतन्त्रतापूर्वक उम्मेदवार घोषणा गरे तापनि उनीहरुले अध्यक्ष ओलीको आशीर्वाद पाउन आफ्नो ध्यान उतैतिर लगाइरहेका छन् ।
पार्टीको विगत हेर्दा के देखिन्छ भने केपी ओलीको अध्यक्षतामा गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भयो । एमाले पनि विभाजित भयो । प्रधानमन्त्रीको हैसियतले उनले २÷२ पटक संसद भंग गरे । तर सर्वाेच्चले पुनस्र्थापना गर्यो । एमालेको सरकार गि¥यो । उनको प्रधानमन्त्री पद पनि गयो । त्यत्तिमात्र होइन, एमालेको नेतृत्वमा गठित प्रदेश सरकारहरु पनि एकपछि अर्काे गिर्दै गयो । यस किसिमले सरकारबाट बाहिरिनु राजनीतिकरुपले ठूलो हो तर अध्यक्ष ओलीको यो विशेषता रहेको छ कि उनले त्यो हारले कार्यकर्ता एवं अन्य नेताहरु निराश नहोउन् भनेर दिनहुँ उत्साहले भरिएको भाषण गर्दैछन् । कार्यकर्तालाई एक ढिक्का बनाएर लग्ने प्रयास गरिरहेका छन् । त्यसैले उनले सहमतिबाट चुनाव गर्ने÷गराउने प्रयास गरेका हुन् । त्यो प्रयास महाधिवेशन अवधिमा पनि हुन सक्छ । त्यसो भयो भने यो १० औं महाधिवेशनको त्यो एक चमत्कार मान्नु पर्ने हुन्छ । महाधिवेशनको हावा कतातिर बहन्छ भन्न सकिने अवस्था छैन तर अध्यक्षमा ओलीको जीत सुनिश्चित छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१