पर्वत । नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन् । जोशीले यामबहादुर मल्ललाई १६० मतान्तरले पराजित गरे ।
जोशीले कुल खसेको मतमा ६ सय ९ मत प्राप्त गरे भने मल्लले ४ सय ४९ मत प्राप्त गरे । सभापतिका अर्का उम्मेदवार मिलन सुवेदीले ९६ मत प्राप्त गरे ।
उपसभापतिमा डा. चूडामणि शर्माले ६ सय ९१, शिवप्रसाद सुवेदीले ५ सय ६५ मत प्राप्त गरि विजयी भए । सचिवमा अशोक उचै ठकुरीले ५ सय ७३ र गुप्तनिधि शर्माले ३ सय ७३, सहसचिवमा अच्यूत तिवारीले ६ सय ५८ र तिलकप्रसाद भुसालले ४ सय १९ मत ल्याई विजयी भए ।
जिल्ला सदस्यमा ओम गिरीले ४ सय ६८, प्रमोद पाण्डे ५ सय ४४, कुलप्रसाद शर्मा ३ सय ९४ मतका साथ विजयी भए । लक्ष्मीदेवी बैरागीले ३ सय ९९, हेमशर्मा पौडेल ५ सय २४, जगतशंकर पौडलले ४ सय ७८, प्रकाश आचार्य ५ सय २२, मुकुन्द गौतमले ४ सय ८२, रामचन्द्र तिवारीले ६ सय ७८ मत ल्याई विजयी भए ।
भोर्ले सार्कीले ६ सय, मनमाया नेपालीले ५ सय २३, राजु विकले ६ सय ८८, लेखवहादुर थापाले ६ सय १२, शान्ति शर्मा कुमालले ६ सय ८६ मत ल्याई जिल्ला सदस्यमा विजयी भए ।
जिल्ला सदस्यहरुमा लक्ष्मीकुमारी हमाल, कमलाकुमारी शर्मा, सावित्री खत्री क्षेत्री, विषमकुमार श्रेष्ठ, गुप्तप्रताप सेन, तुलसीदेवी तिवारी न्यौपाने, टिकाराम भुसाल, लक्ष्मी आचार्य, भुलवहादुर पौडेल, लक्ष्मी मेधासी, कला भट्टराई, पार्वती क्षेत्री भुसाल निर्विरोध चयन भए ।
महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ रामचन्द्र जोशी ५८२, नवराज गुरुङ ५४८, खगेन्द्रप्रसाद तिवारी ५३९, गंगाधर तिवारी ५१७, विद्धान गुरुङ ५०९ मत ल्याई विजयी भए ।
ऋषिकेश तिवारी ५०७, विमलराज क्षेत्री ४९५, राजेन्द्रप्रसाद तिवारी ४५०, बसन्तबहादुर सिके ४४५, खिमप्रसाद भुसाल ४४३ मतले विजयी भए ।
खुल्ला महिला तर्फ सीताकुमारी काफ्ले लामिछाने ६१९, मुना भुसाल ५३१, रेखा गुरुङ ५२५, राधाकुमारी कुँवर क्षेत्री ४५२ ल्याई विजयी हुनुभएको छ । खस आर्य पुरुष तर्फ तोरण मल्ल ठकुरी ५९४, डा. केदार सुबेदी ४५७ र कुलप्रसाद उपाध्याय ४१६ मत ल्याई विजयी हुनुभयो ।
महिला खस आर्य तर्फ मुना शर्मा लामिछाने ५२७, मिनाकुमारी केसी ४८५, श्रृजना मल्ल ४३२ मत ल्याई विजयी हुनुभएको छ ।
आदीवासी जनजातितर्फ मीना कमाचार्य ५३७, मोहनवहादुर गुरुङ ५०१, अपांगतर्फ लेखनाथ पौडेल ५६२ मत सहित विजयी हुनुभएको छ । दलित तर्फ जीतवहादुर नेपाली ३२१ मत ल्याई विजयी हुनुभएको छ ।
दलित महिला तर्फ खैसरा दर्जी ४०५ मत ल्याएर विजयी हुनुभयो । यसअघि महाधिबेशन प्रतिनिधिमा सनम बेगम निर्विरोध चयन हुनुभएको थियो ।
Related News
सम्बन्धित समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१